एजेन्सी। दिल्ली डेयरडेविल्सले आइपीएलको ११ औं संस्करणमा शनिबार भएको खेलमा आफ्नो हारको सिलसिलालाई रोक्न सकेन। विराट कोहली र एबी डिविलियर्सको अर्धशतकको सहयोगमा दिल्लीलाई रोयल च्यालेन्जर्स बेंगलोरले दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा पाँच विकेटले पराजित गर्यो।
दिल्लीले पहिला ब्याटिङ गर्दै ऋषभ पन्त (६१) र पहिलो खेल खेलेका अभिषेक शर्माको (४६) रनको सहयोगमा २० ओभरमा चार विकेटको क्षतिमा १८१ रनको स्कोर बनाएको थियो। बेंगलोरले अब्राहम डिविलियर्स अविजित ७२ र कप्तान विराट कोहलीबीचको ७० रनको शतकीय साझेदारीमा दुई ओभर पहिला चार विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो।
दिल्लीले बेंगलोरलाई राम्रो सुरुवात गर्नबाट रोकेको थियो। र, १८ रनमा नै उसका दुई ब्याट्सम्यान पार्थिव पटेल (६) तथा मोइन अली (१) मा पेवेलियन फर्काएको थियो। अलीलाई कुल ६ रनको स्कोरमा ट्रेन्ट बाल्टले आफ्नो शिकार बनाए भने पटेललाई आफ्नो पहिलो आइपीएल खेल खेलेका संदिन लामिछानेले आउट गरे। तर, त्यसपछि कोहली र डिविलियर्सको जोडी दिल्लीका बलरमाथि हावी भयो।
दुवैले तेस्रो विकेटकालागि ११८ रनको साझेदारी गर्दै टीमलाई जीतको बाटोमा अगाडि बढाए। कोहलीले आफ्नो अर्धशतकीय पारीमा ४० वलको सामना गर्दै सात चौका र तीन छक्का प्रहार गरे। उनलाई अमित मिश्राले १३६ को कुल स्कोरमा पन्तको हातबाट क्याच गराए। मनदीप सिंह (१३) १५८ को कुल स्कोरमा आउट भए। सरफराज खान (११) का रुपमा बेंगलोरले १८ औं ओभरको पाँचौं वलमा आफ्नो पाचौं विकेट गुमायो। डिविलियर्सले १९ औं ओभरको अन्तिम वलमा छक्का प्रहार गर्दै टीमलाई जिताए। आफ्नो अविजित पारीमा डिविलियर्सले ३७ वलको सामना गर्दै ६ छक्का र चार चौका प्रहार गरे।
यसअघि पन्त आउट भएपछि दिल्ली १६० कुल स्कोर पनि बनाउन सक्दैन भन्ने लागेको थियो। तर, अभिषेकले अन्तिममा १९ वलमा चार छक्का र तीन चौकाको सहयोगमा २० ओभरमा चार विकेटको क्षतिमा १८१ रन बनाए।
पन्तले दिल्लीलाई खबार सुरुवातबाट बाहिर निकाले। १६ कुल स्कोरमा दिल्लीले पृथ्बी शाह (२१) र सेजन राय (१२) लाई गुमायो। त्यसपछि पन्तले कप्तान श्रेयस अय्यर (३२) सँग तेस्रो विकेटकालागि ९३ रनको साझेदारी गर्दै टीमलाई राम्रो स्कोर बनाउने आशा जिवितै राखे।
३४ बलमा पाँच चौका र चार छक्का प्रहार गरेका पन्तलाई अलीले डिविलियर्सको हातबाट क्याच गराए। पन्तको विकेट गुम्दा १०९ कुल स्कोर थियो। पन्त आउट भएपछि कप्तान अय्यर पनि १२० को कुल स्कोरमा मोहम्मद सिराजको वलमा कोहलीद्वारा आउट भए। त्यसपछि अभिषेकले तीव्र गतिमा रन बनाए। उनलाई विजय शंकरले साथ दिए। र, २० बलमा दुई चौकाको सहयोगमा २१ रन बनाए। दुवैले पाँचौं विकेटकालागि ६१ रनको साझेदारी गरे।






