
काठमाडौं- कांग्रेस नेता पूर्णबहादुर खड्काले देशको अहिलेको जटिल समस्या सबै दल एकजुट भई समाधान गर्नुपर्ने विचार राखेका छन् ।
उनले अहिले तराईमा जारी आन्दोलनप्रति सङ्केत गर्दै आन्दोलनरत मधेसवादी दलसहित सबै साना ठूला दलको सहमति र सहकार्यमा देशलाई निकास दिनुपर्ने विचार राखे । नेपाल प्रेस युनियन नवलपरासी शाखाले रामनगर, भूमहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खड्काले यस्तो विचार राखेका हुन । यसअगावै आठ पटकसम्म विभिन्न मन्त्रालयको जिम्मेवारी लिइसकेका खड्काले आगामी दिनमा मन्त्री पदमा नबस्ने उद्घोष गरे ।
लाभका सबै पद नलिने उद्घोष गरेको हो भन्ने पत्रकारहरुको जिज्ञासामा खड्काले अन्य पदको विषयमा कुनै कुरा नबोली मन्त्री पद नलिने उद्घोष गरेको जानकारी दिए ।






