तुइनबाट खसेर महाकालीमा बेपत्ता

tuinभीमदत्तनगर- भारतबाट घर आउँदै गरेका दार्चुलाका एक स्थानीयवासी तुइन तर्ने क्रममा शनिबार दिउँसो महाकाली नदीमा खस्दा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तुइनबाट खसेर सुन्सेरा गाविस–५ का ५५ वर्षीय चन्द्रसिंह कुँवर महाकाली नदीमा बेपत्ता भएका थिए ।

बेपत्ता कुँवरको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले बताउनुभयो । बर्सेनि तुइनको सहारा लिएर नदी तर्ने क्रममा स्थानीय बासिन्दाको अकालमै ज्यान जाने गरेको छ ।