न्यूयोर्कः अन्योल भइरहेको एनआरएनए अमेरिकाको चुनाव विभिन्न मुद्दा मामिला पार गर्दै अघि बढेको अवस्थामा सक्षम उम्मेद्वारी गौरीराज जोशीले आफू मुद्दा मामिलाबाट टाढा बसेर संगठनलाई बलियो बनाउन सघाउने भएका छन् । आफूले चुनावमा प्रत्यक्ष भाग नलिएर बाहिरबाट सहयोग गर्ने जोशीले भनाइ छ ।
मुद्दा मामिलामा जेलिएको अवस्थामा सक्षम व्यवसायिक व्यक्तित्व जोशीले मुद्दा र उम्मेद्वारी फिर्ता लिएपछि अझै पनि एनआरएनएमा अन्योल छ । एनआरएनएको चुनावमा सरल, सक्षम, कुशल नेतृत्वदायी भुमिका वहन गर्न सक्ने व्यक्तिका रुपमा रामसी पोखरेल आजको आवश्यकता भएको ठहर सहित अमेरिका स्थित नेपालीको चाहना अनुरुप रामसी पोखरलेले उम्मेद्वारी दिएका छन् ।
जोशीले चुनावमा भाग नलिने भएपछि हाल एनआरएनएमा देखिएको अन्योलतालाई चिर्दे सवल र सक्षम नेतृत्वका लागि अमेरिका स्थित बुद्धिजिवी तथा विभिन्न राजनीतिक पार्टीको भावना र मर्म अनुरुप रामसी पोखरेलले अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका हुन् । उहाँ हाल एनआरएनए अमेरिकाको उपाध्यक्ष हुन् । एनआरएनको भावना बुझ्ने व्यक्तिको रुपमा उहाँ स्थापित भइसक्न्ु भएको छ । उहाँमा एनआनएनएलाई नयाँ ढंग र शिराबाट संचालन गर्न सक्ने क्षमता छ भने सम्पूर्ण आप्रवासी नेपालीको साथ र सहयोग छ ।
सफल व्यवसायी अर्थात सामाजिक व्यक्तित्व पोखरेलले नेपाल र नेपालीलाई समृद्ध बनाउने सपना साचेका छन् । अमेरिकाभरि फैलिएका नेपालीलाई एउटै सुत्रमा बाध्न तथा नेपालको तिव्र आर्थिक विकासको लागि एनआरएनको सीप, दक्षता, उद्यमशिलता र लगानी भित्र्याउन उहाँले अध्यक्ष पदमा उम्मेद्वारी दिनु भएको हो ।
‘एनआरएन अमेरिकालाई साझा चौतारीको रुपमा विकास गर्दै सुन्दर र सुगन्धित बगैचाको रुपमा विकास गर्ने मेरो उद्देश्य छ,’ उहाँले भन्नुभयो ‘संस्थालाई कसरी दीगो र संस्थागत बनाउन सकिन्छ भन्ने मेरो सोच र योजना छ, संस्थाको प्रवद्र्धनका लागि व्यापक कार्यक्रम ल्याउन म प्रतिवद्ध छु ।’






