
काठमाडौं- मधेसमा आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आइतबार स्वदेश फर्कने भएका छन् ।
विराटनगर भन्सार नाकामा धर्ना दिने क्रममा भएको झडपमा घाइते भएपछि महतो उपचारका लागि नयाँदिल्ली गएका थिए । अस्पतालले डिस्चार्ज गरेपछि पनि नयाँदिल्लीमै रहेका महतो आइतबार काठमाडौं आउने पार्टी महासचिव मनीषकुमार सुमनले जानकारी दिए ।
महतो आए पनि मोर्चाका अर्का नेता तमलोपा अध्यक्ष महन्थ ठाकुर आइतबार नै दिल्ली जाने कार्यक्रम छ । दलहरुबीच मोर्चासँग सहमति गर्न सघन छलफल भइरहेको सन्दर्भमा महतोको आगमनले केही सकारात्मक संकेत गरेको छ ।
सहमतिको सम्भावना बढी भए ठाकुरको दिल्ली प्रस्थान ढिला हुने उनी निकट स्रोतले जनाएको छ ।






