लन्डन । बेलायतमा हरेक वर्ष मनाउने ‘भिक्टोरिया डे’ मा यसवर्ष बेलायतमा रहेका नेपालीहरुको उत्साहजनक सहभागीता भएको छ । रसमोर बरो काउन्सिलले रानी भिक्टोरियाको सम्झनामा मनाउने ‘भिक्टोरिया डे’ मा नेपालीहरुको उपस्थिति विगतका वर्षहरुमा भन्दा बढेको हो ।
शनिबार अल्डरसटको प्रिन्सेस हलबाट सुरु भएर नगर परिक्रमा गरिएको परेडमा ग्रेटर रसमोर नेप्लिज कम्युनिटी, र प्रथम नौमती बाजा गुल्मी युके समुहको विशेष संयोजनमा रशमोरबासी बिभिन्न नेपाली समुदायहरूका सघंसस्थाहरूले भाग लिएका थिए ।
मदत समुह, लमजुङ समाज युके ,एनआरएनए युके, बुद्धिष्ट कम्युनिटी सेन्टर यूके, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, फार्नबरो साइ सेन्टरल रशमोर तमुधिं यूके साखा, रशमोर किरात राई साखा,यायोख्या, किरात याक्थुङ चुम्लुङ, मगर एसोसिएसन यूके यु एच.एस बी साखा ,अल्डरसट आमा समुह,गोर्खा भुतपुर्वक सघं गेसो,लगायत करिब १५ भन्दा बढी नेपाली संस्थाले आ-आफ्नो ब्यानर बोकेर मार्चपास गरेका थिए ।
अल्डरसट टाउन सेन्टरमा बिहान १० देखि अपराह्न ४ बजेसम्म भएको समारोहमा विभिन्न जातजातिका नेपालीहरु आफ्नो मौलिक भेषभूषा र गरगहनाले सजिएर नेपालीहरूले नौमती बाजा, कौडा ,सोरठी,चामरूग बाजागाजाको साथ उपस्थित भएका थिए भने यस बर्ष बेलायतका माहारानीको पालाटुम जुभली परेको हुँदा नेपालीहरूको ऐतिहासीक नौमती बाजा विशेष शुभकार्य शुभसाईतमा बजाउने भएको हुनाले परेडको शुभसाईत र परेडलाई पहिलो लिडिगमा प्रथम नौमती बाजा गुल्मी युके समुहले मंगल धुनको साथ आरम्भ गरेका थिए ।
विशेष परेडको आकर्षक र रोजकमा लिएका थिए । भूतपूर्व गोर्खा परिवार र अन्य समुदायले पनि सडक किनारमा बसेर परेडलाई हौसला प्रदान गरेका थिए । प्रंथम नौमती बाजा गुल्मी युके र ग्रेटर रशमोर नेपाली कम्युनिटी ले २०१० देखि निरन्तर हरेक बर्ष यसरी सहंभागी भएको छ ।
पुर्व ग्रेटर रशमोर नेपाली कम्युनिटीका पूर्वअध्यक्ष साथै प्रथम नौमती बाजा गुल्मी युकेका प्रमुख संयोजक ओम थापाले बेलायतकै नेपाली कम्युनिटीको राजधानी रशमोर मा बिशेष स्थानिय अन्य कम्युनिटी संग ईन्ट्रग्रेशन हुने र आफ्नो नेपाली संस्कृतिलाई प्रदर्शन गर्न पाउनु खुसीको कुरा भएको बताए । यसले नेपाली पर्यटनमा समेत टेवा पुगेको बताए ।
बेलायतका भेट्रानमन्त्री लियो डकर्टीसहित उक्त र्यालीमा भिन्टाज मोटर, मोटर बाइकमा पनि बेलायतीहरु सहित समारोहमा दशौं हजार सहभागी भएका थिए । यसपटक अल्डरसट, फार्नबोरो आसपास र बर्कसायर क्षेत्रका नेपाली तथा बेलायती गरी करिब दशौं हजार सहभागी भएका शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका संरक्षक रोहित गुरुङले जनाए । ।
प्रिन्सेस हल अगाडि भिसी कुलवीर थापाको सालिक छेउमा अंग्रेजी कन्सर्ट र विभिन्न सांस्कृतिक प्रदर्शन गरिएको थियो । चिनिया समुदायले ड्रागनडान्स र स्कुलका स्कुट, आर्मी क्याडेट र बिट्रीस लिजनका भुपूआर्मीहरूको परेड मार्चिड र पञ्जावीको भांग्रा नाच समेतले सहभागीहरुको ध्यानाकृष्ट गरेको थियो ।
रशमोर ब्रोरो काउसिलका मेयर लगायत आर्मी गेरिजनका प्रमुख ,एनआरएनए युकेका अध्यक्ष प्रेमगाहा मगर लगायतको पनि उपस्थिति रहेको थियो ।






