काठमाडौं, २९ असार । आफूले उठाउँदै आएको त्रिदेशीय समझदारीमार्फत आर्थिक विकास गर्ने रणनीतिका लागि प्रमुख प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार अपराह्न नयाँदिल्ली जानका लागेका छन्। विनाशकारी भूकम्पपछि नेपालको पुनर्निर्माणमा त्रिदेशीय समझदारी विकास गरेर अघि बढ्न भारतको बलियो समर्थन खोज्न आफू भारत भ्रमणमा जान लागेको दाहालले प्रस्ट पारेका छन्।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भारत,चीन र नेपालसहितको त्रिदेशीय समझदारी विकास गरेर अघि बढ्ने बारेमा भएको सकारात्मक प्रगतिपछि यसबारेमा ठोस र मूर्त छलफल गरिन्छ’, दाहाललाई उद्धृत गर्दै उनका स्वकीय सचिव चूडामणि खड्काले भने।
प्रचण्ड आज दिल्ली जाँदै






