लन्डन । चलचित्र अञ्जिला’ लिएर निर्देशक मिलन चाम्स लण्डन आइ पुगेका छन्। निर्देशक चाम्ससंगै चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ पनि बेलायत आएका छन्।
निर्माता सुमन राईले प्रिमियर शो फेब्रुअरी १५ अल्डरसटको एम्पायर हलमा हुने बताए।
लन्डन हिथ्रो विमानस्थल उत्रिंदा निर्देशक चाम्स र निर्माता श्रेष्ठलाई चलचित्रका निर्माता सुमन राई, आकाश सुनुवार, अभिनेता रितेश चाम्स, सन्तोष सुवेदी, निर्माता टुवेन्द्र लिम्बूलगायतले स्वागत गरेका थिए।
बेलायत उत्रिएपछि निर्देशक चाम्सले फेब्रुअरी १५ को प्रिमियर शोमा सहभागी हुन बेलायतवासी नेपाली दर्शकलाई निम्तो गरेका छन् । राष्ट्रका लागि जीवन समर्पित गर्ने खेलाडीको वास्तविक कथामा निर्माण भएको फरक चलचित्रलाई बेलायतका दर्शकले साथ र हौसला दिने आशा उनको छ।
निर्माता सुमन राईले प्रिमियर शोमा सिट सिमित हुने भएकाले समयमै आफ्नो टिकट सुरक्षित गर्न आग्रह गरेका छन्।
नेपाली राष्ट्रिय महिला फुटबलर एञ्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा निर्माण भएको चलचित्र हो ‘अञ्जिला’। चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङसहितका चर्चित कलाकारसमेतको अभिनय छ । फरक विषयवस्तु र शैलीमा बनाइएको चलचित्रले गतिलो प्रशंसा पनि बटुलेको छ।






