सनत गुरुङले एनआरएन यूकेको उपाध्यक्षमा उम्मेदवारी दिने

लण्डन–

गोल्डेनसीप रेस्टुरेन्टका सञ्चालक सनत गुरुङले गैरआवासीय नेपाली संघ यूकेको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विभिन्न सामाजिक संघ संस्थामा काम गरेर अनुभव संगालेका गुरुङले भने– ‘एनआरएन अभियानलाई मैले नजिकबाट बुझेको छु, सबैसँग मिलेर काम गर्न सक्ने क्षमता मसँग छ, त्यसैले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको हुँ ।’ 11758992_10204597105596442_1569546712_n[1]

आगामी सेप्टेम्बर महिनामा एनआरएन यूकेको अधिवेशन हुँदैछ । उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । मृदुभाषी र सरल स्वभावका गुरुङले ठाटी समाज यूके, यति नेपाली एसोसियसन यूकेलगायतका विभिन्न संघ संस्थामा बसेर काम गरिसकेका छन् ।

उनी यतिबेला गोल्डेनसीप रेस्टुरेन्टका सञ्चालक तथा  WEA का क्षेत्रीय कार्यकर्ता ,ट्रेड युनियन फाउन्डर प्रेसिडेन्ट Northolt ब्रान्च युनाइटेड युनियन सचिव तथा West London भेट्रो लाइन सेडुलिङ अफिसर हुन् । कास्की पोखराका गुरुङ बेलायत बसोबास गर्न थालेको झण्डै दुई दशक पुगेको छ ।