लण्डन । एक नेपाली युवा बेलायतको लोकप्रिय टेलिभिजन रियालिटी शो एक्स फ्याक्टरको अडिसन उत्तिर्ण गरेर दोस्रो चरणमा पुगेका छन ।
सुयोग रामदाम उक्त शोका लागि छानिएका हुन् । सम्भवतः एक्स फ्याक्टरमा छानिने सुयोग पहिलो नेपाली हुन् ।
२१ वर्षका सुयोग भैरहवाका हुन । उनी विगत ३ वर्षदेखि यूकेमा बस्दै आएका छन ।
एक्स फयाक्टरजस्तो विश्वप्रतिष्ठित प्लेटफर्ममा दोस्रो चरणसम्म पुग्ने मौका पाएकोमा आफुलाई निकै गौरव लागेको सुयोग बताउंछन ।
साइमन कोवेलले सन् २००४ बाट शुरु गरेको उक्त शो प्रत्येक वर्ष अगष्ट, सेप्टेम्बर देखि डिसेम्बरसम्म प्रसारण हुंदै आएको छ ।







