लण्डन । प्रवासी मंच यूकेले नेपालको विद्यार्थी आन्दोलनका बहुचर्चित नेता (योद्धा ) बलराम समाललाई ५ लाख ९३ हजार रुपियाको आर्थिक सहयोग प्रदान गरेको छ । मानसिक रोगले सिकिस्त समालको उपचारको लागि सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच सो सहयोग हस्तान्तरण गरिएको हो ।
समालकी छोरी सुनगाभा समाल र निजको उपचारार्थ गठित समितीका संयोजक एमाले केन्द्रीय सदस्य एवं बुद्धिजिबी विभाग प्रमुख टंक कार्कीलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा युरोप इन्चार्ज कमरेड राम कुमारी झाक्री नेकपा एमालेका उप महासचिब घनश्याम भुसाल, नेकपा एमाले पोल्टब्यूरो सदस्य बेदुराम भुसाल, प्रवासी मञ्च यूकेका उपाध्यक्ष रामजी बराल लगायतको उपस्थिति थियो ।
प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष रामशरण सिंखडाको विशेष सक्रियतामा समालको उपचारार्थ मिलन घिमिरेको संयोजनमा बेलायतमा सहयोग संकलन अभियान सन्चालन गरिएको थियो । उक्त अभियानमा मञ्चका अन्य पदाधिकारीहरु , सदस्यहरु लगायतले सहयोग गरेका थिए ।
अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य तथा नेपाल ल क्याम्पसका तत्कालिन स्ववियु सभापति समाल महोत्तरीको रामनगरस्थित आफनै निवासमा लामो समयदेखि विरामी अवस्थामा छन । निरंकुस पन्चायती शासनकालमा पन्चायती ब्यबस्थाविरुद्ध राजनैतिक परिवर्तनको पक्षमा सशक्त आवाज उठाएकै कारण तत्कालिन पञ्चायती सरकारले उनलाई निर्मम यातना दिएको थियो । त्यसकै असरले गर्दा उनी अहिले शारिरिक अशक्त तथा मानसिक बिरामी परेका छन । समाललाई तत्कालिन सरकारले करेन्ट लगाउने, पैतालामा पिट्ने जस्ता अमानवीय यातना दिएकै कारण उनको यस्तो अवस्था भएको हो ।
त्यसअवसरमा उपमहाचिव घनश्याम भुसालले पार्टी र क्रान्तिमा समाहित हुंदा आफ्नै जिवन समाप्तिको नजिक पुगेका योद्धालाई राज्यले समेत सम्मान र सहयोग पुर्याउनपर्ने धारणा राख्दै यसबारेमा पार्टी केन्द्रमा कुरा राख्ने प्रतिबद्धता जनाए । ![13128977_10209645566957880_1543275092_o[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/05/13128977_10209645566957880_1543275092_o1-1024x495.jpg)







![13120896_10209645566917879_1048668511_o[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/05/13120896_10209645566917879_1048668511_o1-1024x372.jpg)