जीवन हाशोमा झरेको आशुं जस्तो

13015348_1270285049668277_4107448897572202301_n[1]

                                       लन्डन । प्रदीप करन्जित –

यो जीवन कस्तो कस्तो हाशोहरुमा झरेको आशुं जस्तो कहिले सुखको घाम त कहिले दुखको पर्छाया जस्तो

यो जीवन कस्तो कस्तो हाशोहरुमा झरेको आशुं जस्तो

यो माया र प्रेम कस्तो कस्तो तिमी र म संग संगै हिडे जस्तो सधै हिड्दै बाटोमा एक्लो म तिमी त कतै हराए जस्तो

यो जीवन कस्तो कस्तो हाशोहरुमा झरेको आशुं जस्तो

यो जीवन र त्यो मायाको चोट कस्तो कस्तो कहिले नमेटिने दुखेको घाउ जस्तो खोजेको मैले यहाँ बाच्ने आधार कस्तो पाएको तर यहाँ सधै एकान्त कस्तो

यो जीवन कस्तो कस्तो हाशोहरुमा झरेको आशुं जस्तो

लेखेको मैले यो कथा कस्तो कस्तो रातो रगतको लेखाई यहाँ अती सस्तो तिमीले सधै बसेर पढे जस्तो मैले एक्लै बस्दा रोएर लेखे जस्तो

यो जीवन कस्तो कस्तो हाशोहरुमा झरेको आशुं जस्तो

यो बाच्ने आकंक्ष्याहरु कस्तो कस्तो उधारोको जिन्दगी यहाँ बाचे जस्तो कहिले रोएर अलीकती हासे जस्तो हास्दा हास्दै पीडाको घाउ लुकाए जस्तो

यो जीवन कस्तो कस्तो हाशोहरुमा झरेको आशुं जस्तो कहिले सुखको घाम त कहिले दुखको पर्छाया जस्तो