लन्डन– प्रवासी नेपाली मञ्च यूकेको आयोजनामा १ सय ६ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, उपाध्यक्ष अनिता विन्दु, एनआरएन यूकेकी उपाध्यक्ष शान्ति थापा कुँवर, राजेन्द्र पुडासैनी, स्मिता आत्रेय लगायतले पनि नारी दिवसका सन्दर्भमा आ आफना विचार व्यक्त गर्नुभयो ।
उहाँहरुले विगतमा कहिल्यै पनि व्यवस्था हुन नसकेका कैयौं नारी अधिकारहरु यसपटकको संविधानले सुनिश्चित गरेको बताउनुभयो । सहभागीहरुले नारीहरु स्वाबलम्वी बन्न सके मात्रै नारी दिवस मनाउनुको औचित्य रहने धारणा व्यक्त गर्नुभयो ।
मञ्चकी महिला संयोजक सरस्वती केसीको संयोजनमा सम्पन्न कार्यक्रममा मञ्चका अध्यक्ष रामशरण सिंखडाले नारी हकअधिकारका विषयलाई वर्षमा एकपटक दिवस मनाउने विषयमै सिमित राख्न नहुने बताउनुभयो ।
प्रतिमा केसीले सञ्चालन गरेको कार्यक्रममा एनआरएन यूकेकी महिला संयोजक सुशिला राई, पत्रकारहरु उजिर मगर, सुर्यमणि गौतम, नविन पोखरेल, शिव भण्डारी लगायत पनि सहभागी हुनुहुन्थ्यो ।





![12798981_1572652736388774_3342968859555324024_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/03/12798981_1572652736388774_3342968859555324024_n1.jpg)






