लन्डन– आफ्नो निर्देशनको पहिलो हिट फिल्म ड्रिम्स् लिएर शनिवार बिहान बेलायत उत्रिएका लोकप्रिय अभिनेता एवं निर्माता भुवन केसी र उनका सुपुत्र नायक अनमोल केसीले बेलायत शो सफल हुने विश्वास व्यक्त गरेका छन् ।
शो एसिया क्याम्बर्लीमा आयोजित पत्रकार सम्मेलनमा नायक, निर्माता एवं निर्देशक केसीले अष्टे«लियामा प्रेम कथामा आधारित उक्त फिल्मले राम्रो प्रतिक्रिया पाएको जनाउंदै बेलायतबाट आफूले झन् आशावादी रहेको बताए ।
केसीले आफ्नो फिल्म नेपाल र विदेशमा गरि सबैभन्दा बढि कमाउने फिल्म बनेको पनि दावी गरे । अगामी महिना अमेरिकाको २० वटा राज्यमा पनि प्रदर्शनको तयारी गरिएको नायक तथा निर्माता भुवन केसीले जनाएका छन् । पत्रकार सम्मेलनमा भुवनका सुपुत्र हिरो अनमोल केसीले ड्रिम्स् निकै राम्रो बनेकाले बेलायतका नेपाली सिनेमाप्रेमीलाई हेर्न आग्रह गरे ।
पत्रकार सम्मेलनमा ड्रिम्स् सिनेमाको बेलायत प्रदर्शन जिम्मा लिएका आयोजक सपन इन्टरटेनमेन्ट लिमिटेडका प्रवन्ध निर्देशक सपन राईले उक्त चलचित्र अल्डरसट, उलवीच, ह्यारो, ग्रान्थाम, ग्याट्रिक, एवरडिन लगायत बेलायतका विभिन्न शहरमा प्रदर्शन गरिने जनाए । उनले फिल्म एकदम राम्रो भएकाले हेर्न सबैमा आग्रह गरेका छन् । आइतवार दी इम्पायर ब्याङक्यूटिङ हल, अल्डरसटमा उक्त फिल्म प्रदर्शन गरिंदैछ ।
ड्रिम्स फिल्म प्रदर्शनको संयोजन निशा गुरुङले गरेकी छिन् ।
पत्रकार सम्मेलनमा फिल्म निर्माता डा. कपिल रिजाल, नेपाल पत्रकार महासंंघ, बेलायतका अध्यक्ष नरेश खपांगीमगर, सचिव शिव भण्डारी, कोषाध्यक्ष पूर्ण गुरुङ, पूर्व अध्यक्ष एवं सल्लाहकार नवीन पोखरेल, सल्लाहकार हरि काजी गुरुङ, फोटो पत्रकार मिलन तमु, नेपाली टिभीका निर्देशक विजय थापा, लन्डन नेपाल न्यूज डटकमका जेनी भट्टराई, प्रतिमा पराजुली लगायत पत्रकारहरुको उत्साहजनक उपस्थिति थियो ।
https://youtu.be/LPwWF3GaMd8
अभिनेता एवं निर्देशक केसीले निर्माण गरेका ७ वटा फिल्मी मध्य ड्रिम्स् उनको निर्देशनमा बनेको पहिलो फिल्म हो ।






