लण्डन ‘सुप्रिम फेसन’ को गायक अमात्यले पुल्चोकमा गरे उद्घाटन,

शिब भण्डारी

लन्डन । ललितपुर महानगरपालिकाको पुल्चोकमा रहेको व्यापारिक कम्प्लेक्स लाबिम मलमा ‘सुप्रिम फेसन लन्डन’ सञ्चालनमा आएको छ । चर्चित गायक योगेश्वर अमात्यले उक्त फेसन आउटलेटको रिबन काटेर औपचारिक रुपमा उदघाटन गरेका हुन् ।

औपचारिक उदघाटनपछि बोल्दै  प्रमुख अतिथि अमात्यले  ‘सुप्रिम फेसन लन्डनका आउटलेट अझै खुल्दै जाउन, तपाईंहरुलाई शुभकामना !’उनले निर्देशक हरुलाई बधाई ज्ञापन गर्दै सुप्रिम फेसनको सफलता तथा सबल अनि विश्वसनीय रुपमा विस्तार हुन शुभकामना व्यक्त गरे ।

एक दशकभन्दा लामो समयदेखि बेलायतमा बसेर सफल व्यवसायीको परिचय बनाइसकेका दीपेन्द्र बस्नेत तथा सुफल ठकुरी लगायतका युवाहरुले बेलायती ब्राण्डका सामानहरु नेपाली बजारमा लैजाने सोचअनुसार सुप्रिम फेसन लन्डन सञ्चालनमा आएको हो ।

उक्त पसलमा महिला पुरुषका लागि विभिन्न डिजाइनका छाला जुत्ता, बुट्स, ब्याग, लेदर बेल्ट आदि सामान पाइने सञ्चालक बस्नेत तथा ठकुरीले लन्डनमा बताए । सामानहरु गुणस्तरिय, समय सापेक्ष र शुपथ मुल्यमा उपलब्ध हुने उनि हरुको दावी छ ।

हामीले उच्च गुणस्तरको बेलायत ब्राण्डका सामानलाई नेपालमा बिक्री गर्न थालेका हौं ।’ उनले भने, ‘कम्पनीसँग हामीले मात्र नेपालमा बिक्रीको अधिकार प्राप्त गरेका छौं । त्यसैले हाम्रा आउटलेटबाट बिक्री भएको सामान सतप्रतिशत ब्राण्डेड हुन्, यसमा कुनै शंका गर्नुपर्दैन ।’

विश्व बजारका चर्चित ब्राण्डमा नेपालीहरुको सहज पहुँच होस् भनेर हामीले ललितपुरको लबिम महलमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएका हौं, लन्डनस्थित सुप्रिम फेसन लण्डनका निर्देशक सुफल ठकुरीले भने, अब नेपालीहरुले ब्राण्डेड सामान सुपथ मूल्य र सहज रुपमा नेपाल मै उपभोग गर्न पाउने छन् ।

सुप्रिम फेसन लन्डनले नयाँ आउटलेटको सुरुवातको अवसरमा तीन दिनसम्म २० प्रतिशत डिस्काउन्ट दिने घोषणा गरेको छ । ललितपुरको मध्य भागमा रहेको लबिम मलको ठ्याक्कै अगाडि ललितपुर महानगरपालिका र पश्चिम साइटमा पुल्चोक प्रहरी कार्यालय पर्छ । सुप्रिम फेसन लन्डनको यो आउटलेट दोस्रो हो । यसभन्दा अघि विश्वज्योति महलमा पहिलो आउटलेट खुलेको छ ।

बेलायत र युरोपको छालाजन्य उत्पादन बिक्री हुने सुप्रिम फेसनकी निर्देशक अनुराधा श्रेष्ठले जानकारी दिइन् । सन् १८८१ देखि बेलायतमा उत्पादन सुरु गरेर ख्याति कमाएको एनपिएसका जुत्ता, युल ब्राण्डका जुत्ता र चप्पल, सिपाही उन्ड कम्पनीको इको लक्जरी लेदर बेल्ट, ओवनवेरी ब्राण्डका लेडिज ब्याग, स्टार चाइल्ड ब्राण्डका बेब सुज आउटलेटमा उपलब्ध हुनेछ । यसैगरी टर्कीको क्यालिजियो बन्डका उत्पादन यूरोपकै मूल्यमा उपलब्ध हुने निर्देशक श्रेष्ठले जानकारी दिइन् ।

सुप्रिम फेसनमा १० देखि ३५ हजार रुपैयाँसम्मका ब्राण्डेड सामाग्री उपलब्ध छ । प्रत्येक सामाग्रीको न्यूनतम १० देखि जीवनभरको ग्यारेटी हुने निर्देशक श्रेष्ठले बताइन् । यत्ति महँगो सामान नेपाली बजारमा बिक्री हुन्छ भन्ने लन्डन नेपाल न्यूजको जिज्ञासामा निर्देशक श्रेष्ठले भनिन, ‘निश्चय नै ब्राण्डेड सामान महँगो हुन्छ, यद्यपि फेसनका पारखीहरु यही सामान किन्न यूरोप पुग्छन्, कम्तीमा हामीले त्यो सुविधा नेपालमै उपलब्ध गराएका छौं । एकपटक प्रयोग गरिसकेका ग्राहक पुनः यही ब्राण्डका सामान खोज्दै आउने गरेको अनुभव सुनाउँदै श्रेष्ठले भनिन्, ‘विदेशबाट पठाएका सामानको साइज नमिल्ने, कार्गो चार्च लाग्छ, तर सुप्रिम फेसन लन्डनले यूरोपकै मूल्यमा ती सामान उपलब्ध गराउँछ ।’

स्वदेशी उत्पादनले जुत्ताचप्पलमा नेपाल आत्मनिर्भर भए पनि ब्राण्डेड समानमा रुचि राख्नेहरुका लागि सुप्रिम फेसन लन्डनले यूरोपकै मूल्यमा सेवा उपलब्ध गराउने सञ्चालक राजेन्द्र श्रेष्ठले जानकारी दिए । ब्राण्डेड समान खोज्न अब यूरोप जानुपर्ने झन्झट यो आउटेलले मुक्त गरिदिएको सञ्चालक श्रेष्ठको भनाइ थियो ।

एक अध्ययनले नेपालीहरुको क्रयशक्ति वृद्धि भइ ब्राण्डेड सामान खरिद गर्न यूरोप जानेको संख्या अत्याधिक भएकाले नेपालमै त्यो सुविधा उपलब्ध गराइएको अर्का निर्देशक किशोर खड्काले लन्डन नेपाल न्यूजलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *