सशस्त्रकी महिला सुरक्षाकमीले आफ्ना वेदना गीतमा लेखिन् (भिडियोसहित)

काठमाडौं– सशस्त्र प्रहरीमै कार्यरत जानुका कुँवरले आफ्ना वेदनलाई गीतमा उतारेकी छन् । परिवारसँग दसैं मनाउन नपाएका सुरक्षाकर्मीको भावना समेटेर उनले लेखेको एउटा गीत सार्वजनिक भएको छ ।

राइफलसँगै गोली भो कि साथमा
डिउटी मै छु म त प्यारी बिहान दिउँसो रातमा
हिमालदेखि पहाड हुँदै तराईसम्म झर्छु
पिटी परे डिउटी तालिम गर्दै बिते पल्टन मै वर्ष दिन।।।।

कुँवरकोको शब्द तथा जानुका र खुमन अधिकारीको स्वरमा रहेको गीतको म्यूजिक भिडियोमा भने अभिनेता धीरेन शाक्य र कलाकार गायत्री थापाले पनि साथ दिएका छन् ।

कुँवरले ८ वर्षदेखि चाडवाडमा आफूले भोगेका पीडालाई गीतमा उतारिएको बताइन् । म्यूजिक भिडियोको निर्देशन भने विक्रम चौहानले गरेका छन् ।