नेपाली दूतावास बेलायतले मनायो ‘संविधान दिवस’ (भिडियो सहित)

लन्डन– नेपालमा धूमधामसाथ संविधान दिवस मनाएको भोलिपल्ट बेलायतस्थित नेपाली दूतावासमा भव्य कार्यक्रम आयोजना गरिएको छ ।n0

नेपालमा नयाँ संविधान जारी गरिएको दिनलाई नेपाल सरकारले राष्ट्रिय दिवस (नेशनल डे) मनाउने निर्णय गरे बमोजिम दूतावासले मंगलबार अपरान्ह कार्यक्रम गरेको हो ।k2

कार्यक्रमलाई सम्वोधन गर्दै कार्यवहाक राजदूत शरदराज आरनले नेपाल र बेलायतको सम्वन्ध झन् मजवुत बन्दै गएको बताए । उनले बेलायत नेपालबीच लामो ऐतिहासिक सम्वन्ध रहेको बताउँदै यस वर्ष दुई देशबीच कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष मनाइएको अवगत गराए ।

आरनले गत मार्च तेश्रो साता राजकुमार ह्यारी नेपाल भ्रमणमा गएको स्मरण गर्दै यसले बेलायती नागरिकमाझ नेपालबारे थप जानकारी र सदभावना वृद्धि भएको पनि उल्लेख गरे । कार्यवहाक राजदूत आरनले नेपालले गत वर्षको भूकम्पपछि बेलायतबाट ठूलो सहायता पाएको जनाउंदै कृतज्ञता समेत व्यक्त गरे ।

आरनले ग्रेट ब्रिटेन र नर्दन आयरल्याण्ड नेपालको व्यापार, लगानी र विकासका महत्वपूर्ण साझेदार रहेका बताउँदै बेलायती सहायताले नेपालको सामाजिक आर्थिक अवस्था सुदृढ भइरहेको उल्लेख गरे । उनले नेपाल सर्वोच्च शिखर सगरमाथा र बुद्धको देश, भगवान शिवको घर पशुपतिनाथ साथै सांस्कृतिक धरोहर, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिएको देश भएको पनि बताए ।k1

कार्यक्रममा बेलायती विदेश मन्त्रालयकी दक्षिण एसिया प्रमुख लाउरा क्लार्कले दुई देशबीचको सम्बृद्धिका लागि बेलायत नेपालसँग भविष्यमा पनि सँगै काम गर्न चाहेको बताइन् । उनले दुई शताब्दीदेखि बेलायत नेपाल सम्वन्ध ज्यादै बलियो रहेको उल्लेख गर्दै बेलायतमा नेपाली जनसंख्या ८० हजार बढी रहेको र प्रत्येक वर्ष करिब ३० हजार बेलायती नेपाल भ्रमणमा जानुले पनि आपसी सम्वन्ध प्रगाढ रहेको पुष्टि गरेको उल्लेख गरिन् ।

बेलायतले भूकम्पपछि तत्काल राहत र पुनर्निर्माणमा उल्लेख्य आर्थिक सहयोग गरेको जनाउँदै क्लार्कले भर्खर मात्र चिभिनिङ छात्रवृत्तिमा नेपालबाट १३ जना विद्यार्थी विश्वकै प्रतिष्ठित विश्वविद्यालयमा पढ्न बेलायत आएका सुनाइन् ।k3

कार्यक्रममा अट्याची तेजेन्द्र रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपालीसहित विदेशी कुटनीतिज्ञहरु, बेलायती विदेश मन्त्रालय, गृह मन्त्रालय लगायतका विशिष्ट पदाधिकारी सहभागी थिए ।p3

तस्विरः बीरेन्द्र श्रेष्ठ