शिब भण्डारी
लण्डन । गैर-आवासीय नेपाली (एनआरएनए) युकेको निर्वाचनका लागि अब ४ घण्टा मात्र समय बाँकी रहदा यो समाचार तयार पार्दासम्म करिब ६००० मत खसेको पर्यवेक्षक अनुमान गरिएको छ ।
मंगलवार दिउँसो १२ बजेसम्म मतदान जारी रहनेछ, परिणाम भने विहिबार मात्रै घोषणा गरिने प्रमुख निर्वाचन आयुक्त महेन्द्रराज कँडेलले बताए ।
सामान्यतया अनलाइन मतदान सकिए लगत्तै नतिजा आइहाल्ने भएपनि यहां निर्वाचनको जिम्मा लिएको बेलायती कम्पनी ‘च्वाइस भोटिङ’ ले मंगलबारमात्र नतिजा आउने भनेकाले ढिलाइप्रति कतिपयमा आशंका पनि जन्माएको देखिन्छ ।
हेरौँ भिडियो
कंडेलले केहि मतदाताहरुले इमेल नपाएको र केहिले एउटा मात्रै इमेल पाएको गुनासो गरेको जनाए। सबै गुनासोहरुको तत्काल जवाफ दिने प्रयास गरिरहेका भन्दै उनले यदि कसैले अहिलेसम्म पनि इमेल नपाएको भए निर्वाचन समितिलाई nrnaukelection2021@gmail.com वा निर्वाचन समितिको फोन नम्बर 07976260155 र 07760184482 मा खबर गर्न आग्रह गरे ।
मत सर्वेक्षणका अनुसार निर्वाचनमा अध्यक्षका उममेदवार प्रेम गाहा मगर सबैभन्दा अगािड रहेका छन् । उनीसँग दीपक श्रेष्ठ र रोजिना राईले प्रतिस्पर्धा गरि रहेका छन् । इङल्याण्ड राज्यका लागि अध्यक्षमा लालबहादुर गुरुङ र डा मीन रानाभाट निर्वाचनमा प्रतिस्पर्धा गरि रहेका छन् ।
एनआरएनए युकेमा दुइ पटक उपाध्यक्ष भै सकेका अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरले बेलायतवासी एनआरएनएका सबै पन्जीकृत मतदाताहरुलाई कसैको दबाब र प्रभावमा नपरी निर्धक्क भएर उत्साहपूर्वक मतदान गर्न आह्वान गरेका छन्।
उम्मेदवारको नामावली यस प्रकार छ:
अध्यक्षमा प्रेम गाहामगर,दीपक श्रेष्ठ,र रोजिना प्रधान राई उम्मेदवार छन् भने खुला दुई उपाध्यक्षका लागि सुनिलबाबु खड्का, तेजेन्द्र रोकामगर, प्रद्युम्न (पवन) शर्मा, गोविन्द खरेल र ओमन गौचन रहेका छन् । उत्तरी आयरल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष एक पदका लागि नारायण कँडेल र नारायण कुँवर उम्मेदवार छन् , स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने एक उपाध्यक्षका लागि मोहनकुमार कार्की र छविलाल अर्याल उम्मेदवार छन । वेल्सबाट प्रतिनिधित्व गर्ने एक उपाध्यक्षका लागि भने रामचन्द्र पोखरेल निर्बाचित भएका छन् ।
यसैगरी एक जना महिला उपाध्यक्षका लागि प्रसुना कँडेल, सरस्वती खत्री क्षेत्री र शकुन्तला गुरुङको उम्मेदवार छन् ।
यस्तै महासचिव पदमा जीत रानाभाट, डा मुकुन्द बाँस्तोला र खुशीमान लिम्बुको उम्मेदवार छन् । खुला दुई सचिव पदका लागि विष्णु चालिसे, ज्ञानेन्द्र आलेमगर, धातानन्द खराल, विशाल गुरुङको उम्मेदवा छन् भने महिला सचिवका लागि नम्रता घले गुरुङ र कल्पना त्रिपाठीको उम्मेदवार छन् । यस्तै कोषाध्यक्षका लागि विष्णु खरेल र धनसरी राईको उम्मेदवार छन् ।
सहकोषाध्यक्ष पदका लागि हेम गुरुङ र सशाङ्क शर्मा छन् भने महिला संयोजकका लागि विमला लिम्बु र मणिकला गुरुङ, युवा संयोजकका लागि तीर्थबहादुर (अनिल) मल्ल र चन्दन गुरुङ छन् ।
लापरवाहीले मताधिकार गुम्यो’
यस्तै बेलायतस्थित नेपालीटिभीका पूर्व सञ्चालक विजय थापाले आफ्नो मताधिकार हनन भएको गुनासो गरेका छन् । आफूले संस्थाले तोकेको मापदण्ड अनुरुप नै सदस्यता नविकरण गरेको तर सम्बन्धित पक्षको लापरवाहीको कारण मताधिकार हनन भएको उनले बताए ।
एनआरएनए यूकेका संस्थापक उपाध्यक्ष समेत रहेका उनले सामाजिक सञ्जालमार्फत उक्त दुखेसो व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘कार्य समितिले तोके कै समय वा समय अगावै सदस्यता रिन्यू गरियो । तोकेको रकम पनि तोके कै माध्यमबाट तिरियो । अब आयो official हरुले approval गर्नु पर्ने रे । एक, दुई दिन पर्खे । सुनसान छ । Official date line नजिकदै गयो । मैले पदाधिकारिहरुलाई सम्पर्क गरे । कतिले जबाफ दिनुभयो कतिले वास्तानै गर्नु भएन । यो £10.00 को मात्र कुरो हैन ! संस्था चलाउने सोकल अभियान्ताहरूको लाप्रवहले मैलै NRNA UK को NCC मा भोट गर्न पाईन साथै नेपालमा हुन गैरहेको NRNA ICC international convention मा पनि भाग लिनबाट बन्चित गराईयो । मलाई जस्तै अरुलाई पनि परेको भए सहमत जनाउनु होला ।’






