विनर सर्कल मिडियाको आयोजनामा क्लबहाउसमा हाजिरीजवाफ प्रतियोगिता गरिदैं

तक्दीर अधिकारी

सिड्नी । विनर सर्कल मिडियाले सिड्नीमा रहेका नेपाली युवाहरु लक्षित गरी क्लबहाउसमा हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

मिडियाका संस्थापक अध्यक्ष रोशन खतिवडाले हाल सिड्नीमा भएको लकडाउनको कारण तनावमा रहेका युवा विद्यार्थीहरुलाई रिफ्रेश गराउने तथा क्लबहाउसमा समेट्ने उद्धेश्यले हाजिरीजवाफ आयोजना गरिएको जानकारी दिए ।

पछिल्लो समयमा युवाहरुमाझ लोकप्रिय रहेको क्लबहाउसमा अगष्ट १४ बेलुकी ८ बजेदेखि ९ बजेसम्म मिडियाको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता राखिएको र उक्त कार्यक्रममा प्रश्नोत्तर सँगै मनोचिकित्सक तथा विभिन्न अतिथिहरुले मन्तव्य दिने कार्यक्रम रहेको उनले बताए ।

‘पछिल्लो समयमा युवाहरु माझ लोकप्रिय रहेको क्लबहाउस प्लाटफर्म बारे युवाहरुलाई जानकारी दिने, यसको सकारात्मक प्रयो बढाउने र सिड्नीमा लकडाउन भएको कारण तनावमा रहेका युथहरुलाई सानत्वना दिनको निम्ती यो प्रथियोगिता आयोजना गरिएको हो’, उनले भने ।

उक्त कार्यक्रममा मनोचिकित्सक डा. घनश्याम चापागाइँले मानसिक स्वास्थ्य सम्बन्धी, एनआरउनए न्यू साउथ वेल्सका निर्वाचित युवा संयोजक विक्रम दाहालले अब कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा मन्तव्य समेत दिने भएका छन् ।

हाफ टाइममा कलाकार निशान ढकाल रियाजले सांगीतिक प्रस्तुती दिनेछन् ।

प्रतियोगीतामा सबैले जोइन गर्न सक्छन् । उपस्थितले क्लब हाउसमा रहेको हेन्ड रेज अर्थात हात उठाउन अप्सनमा क्लिक गरेपछि मोडरेटरले जसलाई पनि छनौट गर्न सक्नेछन् । सोही आधारमा छनौँटमा परेका व्यक्तिहरुलाई प्रश्न सोधिनेछ ।

कार्यक्रममा दुई राउण्ड रहनेछन् । पहिलो राउन्डमा १० र दोस्रो राउण्डमा १५ गरी २५ प्रश्नहरु सोधिनेछन् । पहिलो राउण्डमा हरेक प्रश्नको ५ डलर र दोस्रो राउण्डमा १० डलर पुरस्कार दिइने छ ।

पुरस्कार पाउनको निम्ती १५ सेकेन्ड भित्र सही उत्तर दिन पर्नेछ । पहिलो राउण्डमा सोधिएका व्यक्तिले उत्तर दिन सकेनन् भने अर्काे व्यक्तिलाई सोधिने छ ।

‘यसप्रकारका कार्यक्रम भएको सुनिएको छैन, यो पहिलो कार्यक्रम हो,’ उनले भने,’ सबै युवाहरुलाई इन्गेज गराउने उद्धेश्य हो, सकारात्मकता फैलाउने उद्धेश्यले कार्यक्रम राखिएको हो ।’

उक्त प्रतियोगितालाई प्रिमो एजुकेशन एन्ड भिसा सर्भिसेजको प्रायोजन रहेको संस्थापक खतिवडाले बताए ।