सिड्नी । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया न्यू साउथ वेल्सले नेकपा एमालेका केन्द्रीय नेताहरुसँग अन्तरक्रिया गरेको छ ।
पछिल्लो समयमा पार्टी तथा देशको समसामयिक विषयबस्तुमा रहेर नेकपा एमालेका केन्द्रीय सचिब प्रदीप कुमार ज्ञावलीले सम्बोधन गरेका थिए ।
उनले पार्टी विभाजनको असर एकदम सामान्य मात्र परेको भन्दै त्यसको क्षतिपूर्ति गर्न पार्टी पंक्ति अघि बढेको बताए । पार्टीलाई पुनःनिर्माण गर्ने घोषणा गर्दै उनले संगठन बनाउने तथा कार्यकर्ताहरुको मनोबल वृद्धि गर्ने गरी अघि बढ्ने बताएका थिए ।
पूर्व मन्त्री समेत रहेका ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डे, ओसनिया क्षेत्रका इंचार्ज डा. बिनोद श्रेष्ठ, न्यूजिल्याण्डका अध्यक्ष डा. भगवान यादव, एनआरएनए चाइनाका सचिव, केन्द्रीय कमिटीका सदस्यहरू र सल्लाहकारहरू लगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष कृष्ण सापकोटाको अध्यक्षतामा बसेको कार्यक्रमको सञ्चालन शिव पौडेलले गरेका थिए । भने सिताराम घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सल्लाहकार भवानी ओली, इन्चार्ज केशव जोशी न्यूजिल्याण्ड अध्यक्ष डा. भगवान यादव, ओसनिया इन्चार्ज डा. विनोद श्रेष्ठ, ओएनएफ अन्तराष्ट्रिय सचिव तथा अष्ट्रेलिया अध्यक्ष रमेश पाण्डे लगायतले बोलेका थिए ।
अन्तिममा अध्यक्ष सापकोटाकाले धन्यवाद मन्तव्य दिदै कार्यक्रकको समापन गरेका थिए भने दिवाकर काफ्लेले साराशं प्रस्तुत गरेका थिए ।
भर्चुअल रुपमा सञ्चालन भएको उक्त अन्तरक्रिर्यामा करिब १५० भन्दा बढी सहभागि थिए । सहभागिका प्रश्नहरुको जवाफ प्रमुख अतिथिले दिएका थिए ।






