तक्दीर अधिकारी
सिड्नी । आइओएफटिसीले हरेक दुई बर्षमा आयोजना गर्ने अन्तराष्ट्रिय आइओएफटिसी पुम्से च्याम्पियनशिपमा गोेर्खाज तेकवान्दो अष्ट्रेलियाका ७ जना खेलाडीले मेडल प्राप्त गरेका छन् । विगतका बर्षहरुमा भौतिक उपस्थितीमै आयोजना गरिने उक्त प्रतियोगिता यस बर्ष अनलाइनबाटै आयोजना गरिएको थियो ।

अमेरिकामा मुख्य कार्यालय रहेको आइओएफटिसीले हरेक दुई बर्षको अवधिमा यसप्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ । उक्त प्रतियोगितामा गोेर्खाज तेकवान्दोे अष्ट्रेलियाबाट ९ जनाले सहभागिता जनाएकोमा ७ जनाले मेडल प्राप्त गरेका हुन् । जसमध्ये प्रसुन विभा श्रेष्ठ, प्राची मिश्र, अनुभा अधिकारी र लव रुवालीले कास्य पदक पाएका छन् । त्यस्तै सिमोन ढुँगाना, क्रिसना गीरि, र शिविका श्रेष्ठले ब्रोन्ज मेडल पाएका छन् । उक्त प्रतियोगितामा विश्वभरका प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

नेपालमा करिब २० बर्ष तेक्वान्दोको अनुभव बटुलेका जीवन जोशीले २०१८मा अष्ट्रेलियाामा गोेर्खाज तेकवान्दोे स्थापना गरेका थिए ।इन्टरनेशनल मास्टर इन्सट्रक्टरको उपाधि समेत पाएका जोशीले सन् २०१८ मा कोरियामा इन्टरनेशनल मास्टर इन्सट्रक्टर पास गरेका थिए ।ग्रानविलमा मुख्यालय रहेको गोर्खाज तेक्वान्दोले हालैमात्र उडक्रप्टमा पनि नयाँ शाखा खोलेको छ । आफुले सिकेको सीप अरुलाई सिकाउने र नेपाली समुदायमा पनि तेक्वान्दोको महत्व बुझाउने उद्धेश्य सहित अष्ट्रेलियामा व्यवसाय शुरु गरेको उनले बताए । कोभिड १९ महामारीले तहसनहस बनाइरहेको अवस्थामा आयोजित यस त्याम्पियनसिपले खेलाडीहरुको हौसला बढेको जोशीले बताए । गोर्खाज तेकवान्दोले सिड्नीमा ३ बर्षदेखि तेक्वान्दो सिकाउँदै आइरहेको छ ।






