लण्डन । बेलायतमा बस्दै आएका नायक ध्रुब दत्तको नयां चलचित्र ‘उल्झन’को फष्टलुक सार्वजनिक गरिएको छ ।
थुप्रै सपना बोकेर विदेसिएको एक युवाको भोगाई र त्यसले परिवार अनि समाजमा निम्त्याएको असरलाई केन्द्रबिन्दूमा राखेर निर्माण गरिएको सो चलचित्रको छायांकन नेपाल र बेल्जियममा गरिएको छ ।
बेलायतबासी नायक ध्रुव दत्त, रजनी केसी, बेनी ढुंगाना, दिनेश शर्मा, रामचन्द्र अधिकारी लगायत कलाकारहरुको अभिनय रहेको उक्त चलचित्रमा राजु अधिकारीको निर्देशन र तेजेन्द्र कंडेलको प्रस्तुति छ । यस चलचित्रको कार्यकारी निर्मातामा नारायण ढुंगाना र निर्माताहरुमा हरिकृष्ण कार्की एवं नवीन अधिकारी छन् ।
चलचित्र आगामी महिना बेलायत र युरोपका विभिन्न देशमा प्रदर्शन गर्ने तयारी छ ।






