अमेरिकाको कलेजमा बन्दूकधारीले गोली चलाउँदा कम्तिमा ७ को मृत्यु

काठमाण्डौ, १५ असोज । अमेरिकाको ओरिगन राज्यस्थित उम्पक्वा कम्युनिटी कलेजमा एक बन्दूकधारीले गोली चलाउँदा कम्तिमा सात जनाको मृत्यु भएको एपीले जनाएको छ।  आपतकालीन सेवाका अधिकारीहरुले कलेजबाट टाढै बस्न सर्वसाधारणलाई ट्विटबाट आग्रह गरेका छन्।  प्रहरीलाई आपतकालीन सेवाको फोन नम्बरमा यो सम्बन्धी जानकारी स्थानीय समय अनुसार बिहान १० बजेर ३८ मिनेटमा आएको थियो।  यो समाचार तयार पार्दासम्म कति जनाको मृत्यु भयो र कति जना घाइते भए यकिन भइसकेको छैन। सो कलेजमा ३ हजार विद्यार्थी रहेका छन्।