पर्साको सेढवा गाविसमा आज बिहान आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । बिहानको जाडो छल्न धुरको आगो ताप्न बसेका सेढवा–१ निवासी ६५ वर्षीय सोमारी माझीको कपडामा आगो लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
आगलागीबाट गम्भीर घाइते भएका माझीलाई उपचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराए पनि उनको बिहान ८ बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिनुभयो । माझीको शव परीक्षणका लागि अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता ओलीले बताउनुभयो ।
आगलागीमा परी वृद्धको मृत्यु






