लण्डन । बेलायतको एक महिने सांगीतिक यात्रामा रहेका गायिका कुन्ती मोक्तान र गायक धिरज राईले आइतबार लण्डनको ह्यारोमा आफनो कार्यक्रम प्रस्तुत गरेका छन ।
यति एशोसिएसनका अध्यक्ष उमेश मोक्तानको व्यक्तिगत पहलमा गरिएको कार्यक्रममा कुन्ती र धिरजले आफना दर्जनौं कर्णप्रिय गीतहरु सुनाए ।
कार्यक्रममा गायिका केशु श्रेष्ठ र सोनाहांग राईले पनि गीत प्रस्तुत गरे भने प्रतिष्ठा त्रिपाठीले एक आकर्षक नृत्य देखाइन ।
निकै छोटो औपचारिक कार्यक्रमपछि सिधै कलाकारहरुको प्रस्तुति सुरु गरिएको नौलो शैली कार्यक्रममा सहभागीहरुले निकै रुचाएका थिए ।
शशी थापा सुब्बा र लारा राईले सञ्चालन गरेको कार्यक्रमका प्रमुख अतिथी बेलायती सांसद विरेन्द्र शर्मा समेत कुन्ती र धिरजका गीतहरुमा छमछमी नाचेका थिए ।
त्यसअवसरमा कुन्ती, धिरजसंगै अन्य स्थानीय कलाकारहरुलाई पनि सांसद शर्माको हातबाट खादा ओढाएर मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा झण्डै अढाई सय जनाको सहभागिता थियो ।
तस्बिर : एभरेष्ट गौतम







