बेलायतबाट कलाकार दिपक मैथाने मगरले जन्मदिन मै सार्वजनिक गरे ‘बैगुनी'(भिडियो सहित)

लण्डन । बेलायतबाट कलाकार दिपक मैथाने मगरको आफ्नो जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोशेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् ।

बेलायतबाटै नेपाली कला संस्कृति प्रवद्र्धन गर्ने अभियान बोकेका मैथाने मगरले सार्वजनिक गरेको उक्त ‘बैगुनी’ बोलको म्यूजिक भिडियो एक कार्यक्रम का बीच विमोचन गरिएको छ ।

आफ्नै अफिसियल च्यानल मैथाने इन्टरटेनमेन्ट मार्फत युट्युबबाट रिलिज गरिएको उक्त भिडियोको रिलिज विहिबार एक कार्यक्रमका साथ गरिएको हो ।

उक्त भिडियोमा मनिश श्रेष्ठ, आस्था जोशी, सन्तोष राई र अर्जुन लिम्बूले मोडलिङ गरेका छन् ।बहुचर्चित कलाकार प्रमोद खरेलको स्वर रहेको उक्त गितमा मैथानेकै शब्द रहेको छ भने म्यूजिक र अरेन्ज बिलन थापा मगरले गरेका छन् । मिक्सको काम मन बहादुर बरालले गरेका छन् ।लेकाली स्टूडियोमा रेकर्ड गरिएको सो गितमा नवीन निरौलाले कलरिङ्ग गरेका छन् ।

भिडियोग्राफी, निर्देशन तथा सम्पादन कुशल श्रेष्ठले गरेका छन् । उक्त गीत लण्डन नेपाल न्यूजको अफिसियल फेसबुक मार्फत बिहिबार साँझ लाइभ रिलिज गरीएको थियो । नेपालको गुल्मीमा जन्मिएर कर्मथलो बेलायत बर्नाएका मैथानेले हालसम्म डेढ दर्जन गीतहरु बजारमा ल्याइसकेका छन् ।

बेलायतका मुख्य क्षेत्रहरुमा सुट गरिएको उक्त म्यूजिक भिडियोमा प्रेम विछोड तथा गुन देख्न नसक्ने प्रेमी प्रमिकाको गाथा प्रस्तुत गरिएको छ ।

बिमोचन कार्यक्रममा तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले धन्यवाद ब्यक्त गर्दै खादा लगाई सम्मान गरेका थिए । गुरुङले विमोचन गरेको उक्त भिडियोको रिलिज समारोहमा तमु समाज यूकेका उपाध्यक्ष बिन्दू घले,सफल कोरियोग्राफर तथा पहिलो गुरुङ चलचित्र पातेकी नायिका तेनयाङ राना (सरु) गुरुङ,नायक ध्रुव दत्त, मोडल सृजना निङ्लेकु, भीम राना, लगायतको उपस्थित थिए ।

विमोचन कार्यक्रमको सञ्चालन मगर संघ यूकेका युथ अध्यक्ष किशोर रानाले गरेका थिए ।

हेर्नुहोस ‘बैगुनी’ भिडियो