एनबिसी यूकेको तीजमा सिर्जु अधिकारी र कला लम्सालले जोशिलो प्रस्तुति दिने

लण्डन । बेलायतस्थित नेप्लिज ब्रिटिश कम्युनिटी (एनबिसी ) यूकेले तिज कार्यक्रम गर्ने भएको छ ।

एनबिसी यूकेले आउंदो सेप्टेम्बर महिनाको ८ तारिख  (एनबिसी )यूके तीज २०१८ ’ शीर्षकमा तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको हो ।

साउथ ह्यारो स्थित ‘ ह्यारो  फूटबल क्लबमा’ आयोजना हुने कार्यक्रममा प्रमुख आकर्षण रहनेछन् अहिलेका चर्चित गायिकाहरु सिर्जु अधिकारी र कला लम्साल ।

कार्यक्रममा प्रबासबाट नेपाल सम्झने,नेपाली सांस्कृतिक प्रस्तुतिहरु गायिकाहरु सिर्जु अधिकारी र कला लम्सालको लाइभ  तिज धनामका रहने भएको छ । मौलिक नेपाली सांस्कृतिक नृत्यहरुको प्रस्तुतिमार्फत बेलायतमा लोकप्रिय बनेको छ,एनबिसी  यूके।

बेलायतवासी दिदि बहिनीहरुलाई स्वादिलो दर खुवाउने र विगत वर्ष झैँ यस वर्ष पनि हरितालिका तीज उल्लासका साथ मनाउने भब्य तयारी रहेको एनबिसीका अध्यक्ष मिलन घिमिरेले लण्डन नेपाल न्यूज़ डट कम लाई बताए ।

विदेशमा भए पनि हाम्रो संस्कृतिलाई जोगाऊ र यसैमा रमाउ भन्दै तीज कार्यक्रमको आयोजना गरेको  सचिव चुरामणी रेग्मीले जनाए।

 

कार्यक्रम सांझ ५:३० बजेदेखि २३:३० सम्म चल्नेछ । कार्यक्रममा सहभागिताको लागि २० पाउण्डको टिकट राखिएको छ । १० वर्ष मुनिका बालबालिकालाई १० पाउण्ड राखिएको छ भने ५ वर्ष मुनिका बालबालिकालाई निशुल्क रहेको राजेन्द्र ओझाले जानकारी गराए   ।

कार्यक्रममा सहभागिताका लागि एनबिसी यूकेले बेलायतबासी सबै नेपालीहरुलाई आग्रह गरेको छ ।