चितवन, २३ भदौ । चितवनमा एक थारू नेताको आफ्नै छोराले हत्या गरेका छन् । थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर ४ का सभापति जीवनराम महतोको आफ्नै छोरा विश्वनाथ महतोले हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मङ्गलबार खुर्पा प्रहार गरी उनले बाबुलाई आक्रमण गरेका थिए । घरमै बसिरहेका बेला उनले खुर्पा प्रहार गरेर बाबुको हत्या गरेको स्थानीयवासीले बताएका छन् । उनलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको प्रहरीले जनाएको छ ।
खुर्पा प्रहार गरेर छोराद्वारा बाबुको हत्या






