रेडिङ नेपाली कम्युनिटीको अध्यक्षमा टेक गुरुङ निर्वाचित

लण्डन । ग्रेटर रेडिङ नेपाली कम्युनिटीको आइतबार सम्पन्न दशौं अधिवेशनले टेक गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा भीमसेन खड्का, यादव श्रेष्ठ , सुशीला गुरुङ, धन रानामगर , प्रबल घिसिङ र योगराज लिम्बू, महासचिवमा ओमकार अधिकारी , सचिवमा विक्रम श्रेष्ठ ,कोषाध्यक्षमा सरोज थापा र सहकोषाध्यक्षमा जगन्नाथ सापकोटा छन् । सदस्यहरुमा ईमानसिंग राई , तुल बहादुर गुरुङ, वन्दना के सी , हरिमाया गुरुङ, लक्ष्मण श्रेष्ठ , रोमा गुरुङ, हिम्मत सिटौला , सुरेशजंग थापा , रुद्र गुरुङ , अस्मिन श्रेष्ठ , मोहन कटुवाल, ऊदय घिसिङ र मणि सुवेदी चुनिएका छन् ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक डा गंगाराम दाहालले शपथग्रहण गराएका थिए । नवनिर्वाचित कार्यसमितिलाई समाजका निवर्तमान अध्यक्ष कृष्ण न्यौपाने, युवा समाजसेवी प्रेम गुरुङ, आमा समाज रेडिङकी संस्थापक एकमाया थापा , निर्मला न्यौपाने लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । अधिवेशनमा निवर्तमान कार्यसमितिका महासचिव ओमकार अधिकारीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष टेक गुरुङको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *