गुल्मी जिल्ला समाज यूकेको च्यारिटीमा आशा अपांग केन्द्रकी सञ्चालिका रायमाझी आउँदै

  • शिव भण्डारी

लन्डन । गुल्मी जिल्ला समाज यूकेको च्यारिटीमा आशा अपांग केन्द्रकी सञ्चालिका गंगा रायमाझी आउने भएकी छन् ।

  • गुल्मी जिल्ला समाज यूकेले आउँदो डिसेम्बर २ मा साउथ ईस्ट लण्डनको वुल्वीचस्थित लोटस क्लबमा गर्ने अपांगता दिवस च्यारिटी कार्यक्रममा भाग लिन उनी बेलायत आउने भएकी हुन् । रायमाझीले गुल्मीको तम्घासमा केन्द्र सञ्चालन गरिरहेकी छन् ।

च्यारिटी कार्यक्रमको विशेष अतिथिका रुपमा सहभागी हुने गंगाले बेलायतको भिसा बुझिसकेको समाजका अध्यक्ष राम गलामीले जानकारी दिए । उनी नोभेम्बरको अन्तिम साता लण्डन उत्रिनेछिन् ।

को हुन् आशा अपाङ्ग कैन्द्रकी उपाध्यक्ष गंगा रायमाझी ?

गुल्मीको छापाहिलेमा जन्मेकी आशा अपाङ्ग कैन्द्रकी उपाध्यक्ष  रायमाझी तिन महिनाकी हुदा आगोमा परेर दुबै खुट्टा जलेर, दुबै खुट्टा नभएकी अपाङ्ग हुन् । उनले उक्त संस्थामा रहेर गैरसरकारी संस्थाहरुसँग रकम संकलन गरेर गुल्मी जिल्लामा रहेका बिभिन्न अपाङ्गगता भएका ब्यक्तिहरुलाई बिभिन्न तालिम लगायतका सिप मुलक कामहरु सिकाउने र जिविको पार्जन टेवा पुर्याउने काम गर्दै आएकी छन् । आशा अपांग केन्द्रले जिल्लामा विगत आठ वर्ष अघिदेखि प्रत्यक्ष रुपमा अपांगताको क्षेत्रमा मात्र काम गर्दै आईरहेको छ ।

च्यारिटी कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेको निमन्त्रणामा बेलायत आएकी गुल्मेली कलाकार गायिका सुशीला गौतमको विशेष प्रस्तुति रहनेछ । साथै प्रथम नौमती बाजा गुल्मी यूकेको विशेष प्रस्तुति र स्थानीय कलाकारहरुका विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिनेछ । माउन्टेन भ्यू रेष्टुरेन्टको स्वादिस्ट खाना र डिजे हेम विष्टको साउण्ड सिस्टम  रहने छ ।

कार्यक्रमबाट हुने कोषबाट आशा अपांग केन्द्र र गुल्मी स्थित धुर्कोट परमानन्द भन्डारी बहुमुखी क्याम्पसको परोपकारी काममा खर्चिने योजना बनाइएको छ ।

च्यारिटी कार्यक्रमको तयारीका लागि समाजका अध्यक्ष राम गलामी,कार्यक्रम संयोजक तथा उपाध्यक्ष राजन खरेल, उपाध्यक्ष फडिन्द्र भट्टराई,समाजका कोषाध्यक्ष तारानाथ भण्डारी,सचिब बिर बलाल लगायत सक्रियताका साथ जुटिरहेका छन् ।

कार्यक्रममा सहभागिताका लागि समाजले बेलायतबासी गुल्मेली तथा गैरगुल्मेली सम्पूर्ण नेपालीहरुलाई आव्हान गरेको छ। दिउंसो २ बजे देखि सुरु हुने कार्यक्रममा सहभागितको लागि २५ पाउण्डको टिकट राखिएको छ ।

संस्थापक अध्यक्ष ओम प्रसाद थापाको अध्यक्षता सन २००७ मा बेलायतमा स्थापना भएको गुल्मी जिल्ला समाज यूकेले नेपालको गृह जिल्ला लगायत देशका अन्य स्थानमा गर्ने गरेको परोपकारी कार्यले समाजलाई एक उदाहरणीय संस्थाको रुपमा लिईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *