आरजीएनएसको अध्यक्षमा जीत रानाभाट निर्विरोध, नयाँ कार्यसमितिमा​ कसले पाए कुन जिम्मेवारी ?

लन्डन । ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी’ (आरजीएनएस) को अध्यक्षमा जीत रानाभाट निर्विरोध बनेका छन्।

आइतबार भर्चुअल माध्यमबाट सम्पन्न संस्थाको चौंथो अधिवेशनले रानाभाटको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

गैरआवासीय नेपाली संघ एनआरएन युकेका सचिव समेत रहेका रानाभाट आरजीएनएसको वर्तमान कार्यसमितिमा उपाध्यक्ष थिए । यसअघि उनले संस्थाको महासचिवको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

समितिको उपाध्यक्षमा लिलादेवी गुरुङ र पुण्य रेग्मी निर्विरोध बनेका छन् ।यसैगरी महासचिवमा मञ्जु भण्डारी खरेल र सचिवमा खेमराज रानाभाट, कोषाध्यक्षमा रुद्रपसाद गौतम र सहकोषाध्यक्षमा दिलु थापा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा विष्णुमाया गुरुङ, दिलिप पौडेल, कमल राना र राम पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।अध्यक्षसंगै १५ सदस्यीय कार्यसमितिका सबै पद निर्विरोध बनेका छन् ।

कर्ण शाहीको संयोजकत्वमा रहेको निर्वाचन समितिमा फडिन्द्र भट्टराई राजन खकुराल, सहदेव गिरी र श्याम शेरचन रहेका थिए ।