काठमाडौं– बिमस्टेक सम्मेलनको दोस्रो दिन बन्दसत्र शुरु भएको छ ।
सम्मेलन आज दिउँसो १ बजे काठमाडौँ घोषणापत्र जारी गर्दै समापन हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाबीच भेटबार्ता भएको छ ।
सम्मेलनस्थल सोल्टी होटलमा प्रधानमनत्रीद्वय ओली र ओबीच ‘साइडलाइन’ भेटवार्ता भएको हो ।
बिशिष्ट पाहुनाहरु आउँदा साइडलाइन भेटवार्ता गर्ने परम्परा रहेको छ ।
यसअघि प्रधानमन्त्री ओलीले शुक्रबारै विमस्टेक सम्मेलनमा भाग लिन आएका सरकार प्रमुखहरुलाई रिट्रिट दिएका थिए ।






