लण्डन उडे शुशिला र बैकुन्ठ, गुल्मेली भेला अगस्ट ५ मा

londonnepalnews.com

काठमाडौं- अगस्ट ५ तारिखमा अल्डरसटको कनर्ट स्कुलमा आयोजना गरिने गुल्मी जिल्ला समाज यूकेको वार्षिक समर कार्यक्रममा बेलायतबासि नेपालीहरुलाई मनोरञ्जन प्रधान गर्न सफल गुल्मेली लोकगायक बैकुण्ठ महत र गायिका सुशिला गौतम भर्खरैमात्र लण्डन उडेका छन् ।

अहिलेसम्म महतले ३ दर्जन बढि गीतहरु रेकर्ड गरिसकेका छन् । मान्छेको जिन्दगानी, दुई कुराले ठग्यो, मादल, हाम्रो नेपाल हामी नेपाली, बटौली गाउंतिर लगायतका उनका कैयौं गीतहरु नेपाली सांगितिक बजारमा चर्चित छन् भने पछिल्लो एक दशकदेखि नेपाली लोकसंगीतको क्षेत्रमा क्रियाशिल गायिका सुशिला गौतम गुल्मी शान्तिपुरकी हुन् । उनको आवाजमा सजिएका २ दर्जन बढि लोक तथा दोहोरी गीतहरु अहिलेसम्म रेकर्ड भएका छन् । माइतीको माया, बसायो बामरी हरर, गफ लायो सोल्टीले, रातो भाले, जवानीले ढुनुमुनु बनायो लगायतका उनका गीतहरु दर्शक श्रोतामाझ निकै लोकप्रिय छन् ।londonnepalnews.comगुल्मी जिल्ला समाज यूकेको निमन्त्राणमा अहिलेसम्म पशुपति शर्मा , जमुना सनम, मञ्जु पौडेल, सन्तु थापा, रुपा घर्ती लगायतका गुल्मेली कलाकारहरु बेलायत आएर कार्यक्रमहरु गरिसकेका छन् । राष्ट्रिय स्तरमा समेत चर्चा र लोकप्रियता बटुल्न सफल गुल्मीकै कलाकारहरुलाई प्राथमिकतामा राखेर सम्मान र हौसलाका लागि समाजले बेलायतमा निम्त्याउने गरेको समाजका अध्यक्ष राम गलामीको भनाई रहेको छ।londonnepalnews.comउक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरु सुशिला र बैकुण्ठका बाहेक प्रथम नौमति बाजा गुल्मी यूकेको पनि विशेष प्रस्तुति रहनेछ भने कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि पस्किने छन् । गत वर्ष झण्डै १५ सय जना सहभागी भएको यस कार्यक्रमलाई यस वर्ष अझै बढि व्यवस्थित र मनोरञ्जनात्मक बनाउने तयारी भइसकेको जानकारी समाजका अध्यक्ष राम गलामीले गराएका छन् ।

कार्यक्रमलाई आयोजकको सोच भन्दापनि निकै रोमान्चक बनाउने प्रतिबद्दता काठमाडौँ विमानस्थल बाट उड्नु अघि लण्डन नेपाल न्यूजसंगको एक कुराकानीका क्रममा गायक बैकुण्ठ महत र गायिका सुशिला गौतमले बताए ।

कार्यक्रममा लण्डन सहित लेस्टर, बर्मिगहम, स्कटल्याण्ड लगायत बेलायतका विभिन्न भेगबाट गुल्मेलीहरु भेला हुन्छन् ।

समाजले गर्ने अन्य कार्यक्रमका अलावा मनोरञ्जन र आपसी भेटघाटका हिसावले यो समर कार्यक्रमलाई बेलायतको नेपाली समुदायमा विशेष रुपमा हेर्ने गरिन्छ ।