सिड्नी । चौथो होम्स इन्स्टिच्युट पोखरा भलिबल कप २०२२ अन्तर्गतको फाईनल खेल सेप्टेम्बर १८ आईतबार हुने भएको छ । पोखरा भलिबल क्लवको आयोजनामा सिड्नीको अर्वन बास्केटबल सेन्टरमा फाईनल चरणका खेलहरु हुने भएका हुन् ।
सेप्टेम्बर ११ मा सम्पन्न पहिलो चरण अर्थात नकआउट चरणका खेलहरुबाट फाईनलमा प्रवेश गरेका २ समुहबीच भलिबल भिडन्त हुनेछ । ओलम्पिक पार्कमा सम्पन्न नकआउट चरणका खेलहरुमा ११ समुहको सहभागीता रहेको थियो ।
उक्त प्रतियोगीताबाट २/२ वटा समुहसगं प्रतिष्प्रधा गरी छन्त्याल परिवार अस्ट्रेलिया र ढोरपाटन क्लव अस्ट्रेलिया फाईनलमा प्रवेश गरेका थिए । जसमध्ये छन्त्याल परिवारले प्रतिष्प्रधी गोर्खा स्पोर्टसलाई ३-२ सेटले पराजित गरेको थियो भने ढोरपाटनले म्याग्दीकाली युनाईटेडलाई ३-०को फराकिलो अन्तर सहित जित हासिल गरेको थियो ।
सेप्टेम्बर ११ मै हुनुपर्ने फाईनल खेल दोश्रो हप्ताका लागि सरेको र खेल निकै रोचक एवम् प्रतिष्प्रधा बन्ने अनुमान गरिएको कार्यक्रम सयोंजक अर्जुन गुरुङले लण्डन नेपाल न्यूजलाई बताए ।
होम ईन्स्टिच्युटको मुख्य प्रायोजन एवम् ग्लोबल कन्सल्टको प्रस्तुतीमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमलाई फेवा एफसी, एनआरएन अस्ट्रेलिया,पोखरा समाज अस्ट्रेलिया र नेपाल भलिबल सघं ऐशोसियट्स अस्ट्रेलियाले सहयोग गरेका छन् भने अन्य थुप्रै व्यवसायिक सघंसंस्थाले प्रायोजन गरेका छन् ।
पोखरा भलिबल क्लवले आयोजना गर्दै आईरहेको भलिबल कप यो पटक चौँथो कार्यक्रम हो । यसभन्दा अगाडी सन् २०१७ मा खेलाईएको थियो । त्यसलगत्तै २०१८,२०१९ मा पनि भलिबल कप सञ्चालन भएको थियो । बिचमा केही वर्ष कोरोना महामारीका कारण आयोजना हुन नसकेको भलिबल कप पुन यस वर्ष सम्पन्न गर्न लागिएको सयोंजक गुरुङले जानकारी दिए ।







