शिव भण्डारी
लण्डन–
गैर आवासीय नेपाली संघ, बेलायतको सेप्टेम्बरमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि तमुधि यूकेका पूर्वअध्यक्ष कमल गुरुङले एनआरएन अध्यक्ष पदमा चुनाव लड्ने घोषणा गरेका छन् । ![11748664_10204569806593984_1952885647_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/07/11748664_10204569806593984_1952885647_n1-150x150.jpg)
विभिन्न संघ संस्थामा बसेर काम गरेको अनुभव आफूसँग रहेको एनआरएनलाई नयाँ उचाइ दिन आफू अध्यक्ष पदमा लड्ने गुरुङले बताए । उनले भने, ‘तमुधिलाई यो उचाइ दिन मेरो ठूलै लगनशीलता र मेहनतले काम गरेको छु । यदि साथीभाइले सहयोग गरे एनआरएन यूकेलाई विवादमुक्त बनाएर नयाँ उचाइ दिनसक्छु । त्यसैले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको हुँ ।’
एनआरएन यूकेमा सक्षम नेताको आवश्यकता भएको गुरुङले औंल्याए । तीन दशकदेखि बेलायतमा बसोबास गरिरहेका गुरुङ यसअघि एनआरएनमा भएको आर्थिक अनियमिताको छानबिन समितिको संयोजक भएर काम गरिसकेका छन् । तीन महिनामै गुरुङले जिम्मेवारी पूरा गरे, त्यसपछि उनी एनआरएनको सबै क्षेत्रमा हाइहाई भएका छन् । व्यक्तिगत र निजी स्वार्थभन्दा माथि उठेर सामाजिक काम गर्ने एनआरएनलाई पनि नयाँ उचाइमा पु¥याउन सकिने गुरुङले बताए । एनआरएन यूकेमा गुटीबन्दीले गर्दा सामाजिक संस्था भए पनि इमेज त्यत्ति राम्रो नभएको तर्क गुरुङको छ ।
यदि साथीभाइको सहयोग भएर आफूलाई नेतृत्व दिए एनआरएन अभियानलाई लक्ष्यमा पु¥याउने गुरुङले दाबी गरे । यसपटक एनआरएन निर्वाचनमा धेरै उम्मेदवार मैदानमा देखिएका छन् । गुरुङले यसलाई सकरात्मक भनेका छन् । बढी उम्मेदवार भए केही फरक पर्दैन, जनताले सही नेतृत्व छान्ने अवसर पाउने छन् । गुरुङ भन्छन्, प्रजातान्त्रिक प्रकृयाले नेतृत्व छान्न पाउने अधिकार जनतामा सुनिश्चित छ, त्यसैले धेरै उम्मेदवार भए भन्दैमा डराउनु पर्दैन, गुरुङले भने– ‘समाजमा योगदान दिनसक्ने सक्षम उम्मेदवार जनताले छान्नेछन् ।’






