आर. के त्रिपाठी महासचिवमा उठ्ने :

 लण्डन,

T1

गैर आवासीय नेपाली संघ, बेलायतको सेप्टेम्बरमा हुने  छैटौं अधिवेशनको चुनाव नजिकै गएको संकेत देखिएको छ। वौद्धिक एवं सामाजिक व्यक्तित्त्व एवं पेशाले इन्जिनियर त्रिपाठी विगत १२ वर्षदेखि लण्डन underground मा सिभिल इन्जिनियरको रुपमा कार्यरत हुनुहुन्छ। विभिन्न सामाजिक संघ संस्थाका सल्लाहकार रही काम गरिरहेका त्रिपाठी नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री पनि हुनुहुन्छ। साथै इन्जिनियरको रुपमा उहाँले धेरै रिसर्च पेपर प्रस्तुत गरिसक्नु भएको छ। पछिल्लो समयमा कन्स्ट्रक्सन हेल्थ एण्ड सेफ्टी विषयमा विशेषज्ञता हासिल गरेका त्रिपाठी क्वालिटी कन्ट्रोल विषयमा पुस्तक लेखि रहनु भएको छ। गैर आवसिय नेपाली संघ बेलायतको दोस्रो अधिवेशनमा सदस्य पदमा उम्मेदवारी दिएका त्रिपाठी सानो मतले पराजित हुनुभयो। सुर्य गुरुङले नेतृत्त्व गरेको तेस्रो कार्यसमितिको चुनावबाट उहाँ सदस्य पदमा निर्वाचित भई काम गर्नुभयो। चौथो अधिवेशनमा उहाँ महासचिव पदमा उठ्नुभयो र पराजित हुनुभयो। पाँचौं अधिवेशनमा आग्रह र विद्रोहका साथ सहमतिमा उहाँ छिटो कार्यकालको लागि निर्वाचित भई महासचिवको कार्य गरिरहनु भएको छ।

हाल संस्थापन पक्षको महासचिव हुनुहुन्छ। थोरै समयको लागि महासचिवको कार्यकाल पाएका निज त्रिपाठीको कार्यकालमा ऐतिहासिक सामाजिक र लोक कल्याणकारी कार्य भएका छन्। पछिल्लो समयमा ३० लाख नेपालीहरु विदेशमा बसि कार्य गरेको अवस्थामा गैर आवसीय नेपालीलाई राज्यको तर्फबाट संस्थागत रुपमा समेट्न र नेपाल राज्य निर्माणको लागि निर्णय प्रकृयामा सामेल गराउन बालिक अधिकारको साग एवं एन. आर. एन. मन्त्रालय गठनको माग गर्ने निज त्रिपाठी नै हुन् जुन कुराको गैर आवसीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले विरोध गरेको थियो। तर लगातारको प्रयास पछि उहाँको कार्यकालमा उठाएको एजेण्डा मध्ये गैर आवसीय नेपालीहरुको बालीक मताधिकारको व्यवस्था माग नेपाल सरकारले भर्खरै मात्र नीति तथा कार्यक्रममा समेटेको छ। साथै एन. आर. एन. मन्त्रालयको गठन पनि भविष्यमा हुने देखिन्छ। भूपू गोर्खाज आन्दोलनमा साथ दिएका त्रिपाठी नेपाली भाषा, संस्कृति, लगानी, प्रविधि स्थानान्तरणको लागि लगातार आवाज उठाउने व्यक्ति हुन्। अध्यक्ष पदमा धेरैको उम्मेदवारी आई गैर आवसीय नेपाली संघ बेलायतको चुनावि माहौल नतातेको बेला उहाँको उम्मेदवारीको संकेतले नयाँ तरंग पैदा गरिदिने ठहर देखिन्छ।

पछिल्लो विगत आठ वर्ष देखिको गैर आवसीय नेपाली संघ बेलायतको चुनावी सरगर्मीलाई नियाल्ने हो भने जब उहाँको उम्मेदवारी घोषणा हुन्छ तब समाजमा ध्रुवीकरण शुरु हुन्छ। कहिले विद्रोह हुन्छ त कहिले एक हुन्छ। पछिल्लो समायमा गैर आवसीय नेपाली एवं बेलायतको छैटौं कार्यसमितिको चयनको लागि उम्मेदवारी घोषणा गरेका हिराधन राईले उहाँको आफ्नो साथमा रहि महासचिव पदको लागि उम्मेदवारी दिन आग्रह गर्नु भएको छ भने अर्का प्रत्यासी सुर्य नेवाङ्गले पनि विगत समयमा पटक पटक भेट गरी महासचिवमा उम्मेदवारी दिन आग्रह गर्नुभएको छ। सुर्य नेवाङ्ग र उहाँलाई एक हलको दुई पाटा भन्छन्। युवा प्रत्यासी अध्यक्षका उम्मेदवार विश्वदिप तगेलाले पनि भेट गरी महासचिवमा पुनः आफ्नो तर्फबाट उम्मेदवारी दिन आग्रह गर्नुभएको छ। घोषणा नगरे पनि वर्तमान अध्यक्ष महेन्द्र कडेंलले पनि निजको कार्य शैली र सक्रियताको प्रशंसा गर्दै आफु अध्यक्षमा उम्मेदवार भएमा महासचिव बसिदिन संकेत गर्नुभएको छ। अर्का अध्यक्षका प्रत्यासी तस्विर लामा उहाँको अत्यन्त नजिकको मित्र हुनुहुन्छ र उहाँले पनि आफ्नो महासचिव निज त्रिपाठी भएको कुरा खुलेरै पत्र पत्रिकालाई बताउनु भएको छ। अर्का उम्मेदवार सुरज के. सी. पनि उम्मेदवार नछोड्ने र महासचिवमा उहाँलाई समर्थन गर्ने पक्षमा देखिन्छन्। तेस्तै तमुधी युकेका निर्वतमान अदक्ष कमल गुरुङ को पनी सहयोग मिल्ने संकेत मिलेको छ

 

दुई हप्ता अगाडि बेलायती समाजको अगुवाई गर्नेहरु मध्ये महन्त श्रेष्‍ठ, डा. राघव धिताल, डा. पदम संखडा, राजु थापा, सुरेश जंग शाह, मदन थापा, उमेश मोक्तान, हरि सिंह थापा, गोपाल पौडेल, माधव थापा, गंगा राना, विष्‍णु वाग्ले, राम अधिकारी, विजय थापा, सनत गुरुङ, सुभास सिंह गुरुङ, चित्र बहादुरले निजलाई भेटी पुनः एक पटक महासचिवमा उम्मेदवारी दिन सल्लाह दिएका छन्। त्यसै गरी कुल आचार्य, योजन क्षेत्री पनि के गर्ने भन्ने सरसल्लाहमा जुटेका छन्। कसलाई अध्यक्ष र महासचिव बनाउने भन्ने खेलमा सामेल हुने सामाजिक व्यक्तित्त्वएवं निर्णायक बादशाह मध्ये शिवजी श्रेष्ठ, विश्व आदर्श पण्डित र सुर्य गुरुङ समेत निज त्रिपाठीलाई नै ल्याउनुपर्नेमा लबि गर्न थालेको देखिन्छ।

चर्चित सामाजिक व्यक्तित्व सुर्य गुरुङ समेतको संकेत विश्लेषण गर्दा निज त्रिपाठीलाई मुछेन्द्र  गुरुङले समेत आफ्नो पक्षमा लिन प्रयास गरिरहेको बुझिएको छ। सम्पादकीय विश्लेषणः- पत्रकार सम्पादकीय विश्लेषण गर्दा गैर आवसीय नेपाली संघ बेलायतमा विगतमा आएको गुट, उपगुट, विद्रोह एवं विग्रहको आन्दोलन हेर्दा समाज सदैव दुई ध्रुवमा विभाजन भएको देखिन्छ। एक पक्षको वकालत र नेतृत्त्व ई. राज कुमार त्रिपाठीले गर्नुहुँदैछ भने अर्को पक्षको नेतृत्त्व रि. मेजर डम्बर घलेले गरेको देखिन्छ। विगत हेर्दा यी दुवै व्यक्तित्व मैदानका शसक्त खेलाडी हुन्। डम्बर घले आफ्नो प्रभुत्त्व गैर आवसीय नेपाली संघ बेलायतमा सदैव पार्न चाहन्छन् भने राज कुमार त्रिपाठी आफ्नो वौद्धिकता र सक्रियता एवं प्रभआव छाड्न चाँहदैनन्। दुवैको तुलना गर्दा दुवैको आ-आफ्नो इतिहास छ।

ई. त्रिपाठी वौद्धिक र प्राविधिका मात्र नभई उहाँ विशेष राजनीतिक पहुँच भएका व्यक्ति हुनुहुन्छ। उहाँ प्रसस्त लेख रचना गर्नुहुन्छ जसले तुरुन्तै तरंग ल्याइदिन्छ। उहाँ सदैव कलमको प्रभाव कायम राख्‍न चाहनुहुन्छ। उता रि. मेजर डम्बर घले पनि गोर्खा आन्दोलनका नायक एवं सामाजिक व्यक्तित्त्व हुनुहुन्छ। तसर्थ सबै अध्यक्षको प्रत्यासीहरुको आग्रहालाई समेट्दै केही दिनमा नै राजकुमार त्रिपाठीले गैर आवसीय नेपाली संघ, बेलायतको छैटौं कार्यकारीणी समितिको महासचिव पदमा उम्मेदवार घोषणा आउने पक्का पक्की देखिन्छ। विगतको समयलाई हेर्दा निजलाई महासचिवमा रही काम गर्नको लागि भएको समय प्राप्ती भने न्युन देखिन्छ। तर पनि भुकम्पको बेला आफुले एवं संस्थाले नेपालमा प्रत्यक्ष सक्दो सहयोग गर्न उहाँ डेढ महिना प्रभावित क्षेत्रमा जानु, भोटिङ राइटको लगातार माग गर्नु, एन. आर. एन. मन्त्रालयको माग गर्नु, गोर्खा आण्दोलनमा सहयोग गर्नु, लोक कल्याणकारी कार्यलाई बढावा दिनु, विद्वान एवं विज्ञहरुको कदर गर्नु, बेलायत स्थित नेपाली समाजसँग सहकार्य गरी अगाडि बढ्नु, पारदर्शीताको लागि लड्ने लगायत धेरै सामजिक कार्यले गर्दा पनि बेलायती नेपाली समाजले उहाँलाई सहर्ष स्विकार गर्न सक्छ र आवश्यकता ठान्दछ।

यदि आवश्यकता ठानिएन र फेरि पनि पैसाको चलखेल बढे विगतमा जे भयो त्यो फेरी पनि दोहोरिने देखिन्छ। एन. आर. एन. विभाजित हुने देखिन्छ। जहाँसम्म पछिल्लो समयमा निर्वाचनमा धाँधली हुन्छ कि भन्ने आवाज उठिरहेको बेला वर्तमान महासचिव राजकुमार त्रिपाठीको चुनाव निश्पक्ष गराउने खरो र दृढ संकल्पले सबैले भोट हाली गैर आवसीय नेपाली संघ, बेलायतका प्रतिनिधि आफैं चुन्न पाउने आशा पलाएको छ। विशेष गरी चर्चित सामजिक व्यक्तित्व सुर्य गुरुङ, शिवजी श्रेष्‍ठ रविश्व आदर्श पण्डितको संकेत पश्‍चात निजले समाजको धेरै पक्षसँग विगत दुई हप्ता देखि परामर्श गरिरहनु भएको छ। सवैको धारणा पश्चात अर्को हप्ता गैर आवसीय नेपाली संघ, बेलायतमा उम्मेदवारी आउने पक्का भएको छ। साथै त्यसपछि ध्रुवीकरण कहाँ कसरी हुन्छ भनि निर्क्योल निकाल्न सहज हुनेछ