रोजिनाले एनआरएनए यूके अध्यक्षमा उम्मेदवारी घोषणा जुलाई ९ मा गर्दै

लन्डन । एनआरएनए यूके उपाध्यक्ष रोजिनाप्रधान राईले आउंदो ९ जुलाई सांझ ७ बजे अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गर्ने भएकी छन् । राईले अल्डरसटस्थित एम्पायर हलमा पत्रकार सम्मेलन र सोही समयमा जुममार्फत आफ्नो उम्मेदवारी घोषणा गर्ने जनाइन् ।

घोषणा सभाका दिन सरकारी कोभिड नियम अनुसार ३० जना प्रत्यक्ष र जुममा बेलायतका सामाजिक अभियन्ताहरु सहभागिता रहने राईले बताइन् । सो अवसरमा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रमुखले दिने शुभेच्छा र आर्शीवाद आफ्ना लागि थप आत्मबल हुने रोजिना बताउंछिन् ।

एनआरएनए यूकेमा सन् २००७ देखि नै आवद्ध रोजिनाले उपाध्यक्षमा निर्वाचित हुंदा अत्यधिक मत ल्याएकी थिइन् ।उनले कार्यसमितिमा उपाध्यक्ष र संघसंस्था समन्वय विभाग प्रमुखको रुपमा सम्हालेकी छन् ।

एनआरएन यूकेलाई एकताबद्ध, सशक्त र मजबुद बनाउन र यूकेमा रहेका प्रवासी नेपालीको सुखदुखमा दरिलो साथी बनाउनका लागि आफु संस्थाको नेतृत्वमा आउन चाहेको राईले बताएकी छन् ।

रोजिनाले घोषण सभामा आफ्ना ९ बुंदे एजेन्डा पनि सार्वजनिक गर्ने बताएकी छन् ।