‘छ माया छपक्कै’अब-अल्डरसटको एमपायर हलमा प्रदर्शन हुदै

लण्डन । नेपाली चलचित्र ‘छ माया छपक्कै’ ’ बेलायतका दर्शकमाझ प्रदर्शन गरिने भएको छ । बेलायतस्थित नेप्लिज इन्टरटेनमेन्ट समुहले ‘छ माया छपक्कै’ लाई बेलायतमा देखाउन लागेको हो ।

अल्डरसटको एम्पायर हलमा जनवरी ५ तारिखका दिन दिउँसो साढे ३ बजेदेखि चलचित्र प्रदर्शन गरिने नेप्लिज इन्टरटेनमेन्टका तारा गर्बुजाले बताए । चलचित्र हेर्न टिकटको लागि अग्रिम लिंदा १२ पाउण्ड र शोको दिन ढोकामै लिंदा १५ पाउण्ड लाग्नेछ । अल्डरसटको शोपछि चलचित्रलाई क्रमश बेलायतका अन्य शहरमा समेत प्रदर्शन गर्ने योजना रहेको नेप्लिज इन्टरटेनमेन्टका विरेन खड्काले जानकारी दिएका छन् ।

 

राजनीतिक पृृष्ठभूमिमा प्रेमकथा मिसाइएको यस चलचित्रलाई दर्शकले धेरै रुचाएका छन् । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जीतु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतको अभिनय रहेको छ । दीपेन्द्र लामा निर्देशित यस चलचित्रको कथा पनि निर्देशक लामाले नै तयार गरेका हुन् ।

पछिल्लो समय रिलिज भएका धेरै फिल्मले लगानी समेत सुरक्षित गर्न नसकि रहेको अवस्थामा ‘छ माया छपक्कै’ले भने प्रदर्शनको ५१औं दिनको यात्रा पार गर्न सफल भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *