गुल्मी, १ साउन । इस्मा रजस्थल गाविसमा बाँझाखार्क–सिरार जोड्ने पुल आजदेखि सञ्चालनमा आएको छ । नेपाली काँग्रेस गुल्मीका पूर्वसभापति त्रैलोक्यप्रताप सेन र क्षेत्रीय सभापति दामोदर भुसालले संयुक्त रुपमा सो पुलको उद्घाटन गर्नुभयो । स्वीस सरकारको अनुदान सहयोग तथा नेपाल सरकारको रु ४० लाखको लागतमा पुलको निर्माण भएको हो । लिखुबेनी कम्पनीले तीन महिनामै पुल निर्माण गरेको हो ।
बाँझाखर्क–सिरार जोड्ने पुल उद्घाटन






