काठमाडौं, १ श्रावण । दाउराको चिर्पट प्रहार गरी एकातिर भाइ र अर्कातिर गाईको हत्या भएको छ । दुबै घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षले शुक्रबार दिएको जानकारीअनुसार बिहीबार भाइलाई मारेको अभियोगमा इलामको नयाँबजार–२ बस्ने पदमबहादुर सार्कीलाई पक्राउ गरिएको हो । उनले जग्गाको विषयलाई लिएर २७ वर्षीय भाइ चित्रबहादुर सार्कीलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, दाउराले हिर्काई गाई मारेको अभियोगमा सिन्धुपाल्चोक, इचोक–२ लाइटोल बस्ने ६६ वर्षीय खेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले बिहीबार आफ्नै घरमा पालेको गाईलाई दाउराले हिर्काइ मारेको प्रहरीले जनाएको छ । प्रहरी चौकी तारामाराङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।
चिर्पटले हिर्काएर एकातिर भाइ अर्कोतिर गाई ठहरै






