काठमाडौँ- पशुपक्षी विकासमन्त्री शान्ता मानवीले मन्त्रालयले राष्ट्रिय पशुपक्षी नीति बनाई स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरेको जानकारी दिँदै नीतिमा नेपाललाई मासु, फूल र दूधमा आत्मनिर्भर हुने लक्ष्य लिएको बताउनुभयो ।
उहाँले गाईभैँसी स्रोत केन्द्र विस्तार गरी सातवटा बनाउन लागिएको, दुग्ध विकास सस्थानको क्षमता विस्तार र ४५ जिल्लामा बाख्रापालन, सबै जिल्लामा कुखुरापालन कार्यक्रम विस्तार समेत गर्न लागिएको बताउनुभयो । उहाँले प्रत्येक प्रदेशमा पशु अस्पताल स्थापना गर्न लागिएको स्पष्ट पार्नुभयो ।
मन्त्री मानवीको सो जवाफमा सांसद राजेन्द्रकुमार केसी र प्रेम सुवालले पूरक प्रश्न गर्नुभएको थियो ।






