काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजान जाँदै छन । अजरबैजानको बाकुमा असंलग्न आन्दोलन १८ औँ शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेका हुन । कात्तिक ८ र ९ मा हुने राष्ट्रप्रमुखको बैठकमा उनले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओली अजरबैजानमा रहदा त्यहाँका राष्ट्रपति इलहाम अलिएभले कात्तिक ८ गते आयोजना गर्ने स्वागत तथा रात्रिभोजमा सहभागी हुनेछन । उनले कात्तिक ९ गते सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
साथै प्रधानमन्त्री ओलीले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिमण्डलका प्रमुखसँग दुइपक्षीय हितका विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी कात्तिक १० गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।






