कमल थापालाई उपप्रधानसहित दुई मन्त्रालयको जिम्मेवारी, कुन-कुन पाए ?

kamal thapa

काठमाडौं, १५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले उपप्रधानसहित थप दुई मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले थापालाई उपप्रधानमन्त्रीसहित दुई मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको हो । यसअघि थापा उपप्रधान तथा परराष्ट्रमन्त्री थिए ।

अब थापाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी समेत पाउन लागेका हुन् । सरकारका धेरै मन्त्रीहरु अहिलेसम्म विना विभागिय अर्थात मन्त्रालय नपाइरहेका बेला थापाले भने उपप्रधानसहित परराष्ट्र र स्थानीय विकास गरी दुई मन्त्रालयको नेतृत्व सम्हाल्न लागेको राप्रपा नेपालका सह-प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।