महाधिवेशन सकिएको दुई वर्षपछि नेपाली कांग्रेसमा पदाधिकारीको मनोनयन

पौडेल समूहले गर्‍यो विरोध

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा पदाधिकारी मनोनयन गरेका छन् ।

महाधिवेशन सम्पन्न भएको दुई वर्षपछि देउवाले शुक्रबार उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेका हुन् ।

पदाधिकारी मनोनयनका लागि बिहान ११ बजे बोलाइएको बैठक साँझ ५ बजेपछि मात्र बसेको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पदाधिकारी मनोनयन प्रस्तावको विरोध गरेका थिए ।

देउवा समूहले बहुमतका आधारमा पदाधिकारी मनोनयनको प्रस्ताव पास गरेको छ । पौडेल समूहका नेता पूर्वमहामन्त्री प्रकाशमान सिंहले केन्द्रीय सदस्य निर्वाचित भएको दुई महिनाभित्र गर्नुपर्ने पदाधिकारी मनोनयन अहिले गर्नु विधान विपरीत हुने बताए ।

अहिले पदाधिकारी मनोनित गर्न डाकिएको बैठक अवैधानिक भएकाले आफूहरुले नमान्ने उनले बताए ।