अब भ्रष्टाचार सहिंदैन भन्दै प्रधानमन्त्री कार्यालयको वेभसाइट ह्याक

काठमाडौं, ‘अब भ्रष्टाचार सहन नसक्ने’ भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेवसाइट ह्याक भएको छ ।

प्रधानमन्त्री सुशील कोइराला इण्डोनेसिया गएकै दिन सोमबार राती प्रधानमन्त्री कार्यालयको ओपिएमसिएमडटजिओभीडटएनपी वेभसाइट ह्याक भएको हो ।

‘भ्रष्ट सरकारले देशमा राजनीतिक हिंसा निम्त्याएको छ’ भन्दै कार्यालयको साइट ह्याक भएको हो ।

ह्याकरले भ्रष्टाटार बढ्दा धेरैले दुःख पाएको भन्दै अब भ्रष्टाचार सहन नसक्ने चेतावनीयुक्त सन्देश पनि दिएका छन् । ह्याकरको सन्देशमा भ्रष्टाचार सबैतिरको चुनौति बनेको भन्दै सबै भ्रष्ट देश र नेतामाथि अनुसन्धान र छानविन गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।
अब भ्रष्टाचार सहन नसक्ने चेतावनी दिंदै ह्याकरले ‘अब भ्रष्टाचारको सिकार हुद सक्दैनौं’ भनेका छन् । प्रधानमन्त्री कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले हिजो आफू निस्कँदासम्म केही नभएको र भन्दै वेभसाइट के भएको हो अब बुझ्ने बताए ।