ऊर्जा सचिवको घर माअाेवादी कब्जामा

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले कलंकीको खसीबजार स्थित उर्जा मन्त्रालयका सचिव राजेन्द्र किशोरी क्षेत्रीको घर कब्जा गरेकाे घाेषणा गरेकाे छ ।

विभिन्न चोक तथा गौंडामा लुकेर बसेका विप्लवका कार्यकर्ताहरुले क्षेत्रीको घरमा बिहान १२ बजेर ३० मिनेटमा झण्डा गाडेका हुन् ।

जनवादी क्रान्ति गर्न सशस्त्र बाटो अवलम्बन गर्ने निर्णय गरेको दुई महिना नबित्तदै विप्लव नेतृत्वको माओवादीले राजधानीमा एक महिना यता गरेको यो दोस्रो घर कब्जा हो ।

यस अघि उनीहरुले लगानी बोर्डका निर्देशक रमेश पन्तको बाँसवारी स्थित घरमा पार्टीको झण्डा गाडेका थिए ।