काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दी नखुली भारत नजाने अडान लिएका छन् ।
प्रधानमन्त्रीले भारतीय नाकाबन्दीका कारण नेपाली जनजीवनले नसोचेको संकट बेहोरिरहेका कारण ‘नाकाबन्दी तत्काल खुल्ने अवस्था नआई’ आफू दिल्ली भ्रमणमा नजाने स्पष्ट सन्देश भारतलाई पठाएका छन् ।
प्रधानमन्त्री निकट एमाले सचिव प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री ओलीलाई दिल्ली भ्रमणको औपचारिक निम्तो आइसके पनि ‘नाकाबन्दी समस्या हल नभई भ्रमणमा ननिस्कने सन्देश सुनाएको’ जानकारी गराए ।
‘कि म भारत जानुअघि सबै नाकाबाट निर्वाध ढंगले दैनिक उपभोग्य बस्तु आपूर्ति भएको अवस्था हुनुपर्यो, होइन भने म दिल्ली पुगेको भोलिपल्ट नाकाबन्दी पूर्णतस् खुल्न सक्ने पूर्वप्रतिबद्धता हुनुपर्यो,’ प्रधानमन्त्रीले भन्ने गरेका छन् ।






