काठमाडौं- काठमाडौंलाई केन्द्रविन्दू बनाएर आज विहानै पराकम्प गएको छ ।
विहान ६ बजेर १० मिनेटमा ४ दशमलब १ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार काठमाडौं केन्द्रविन्दु भएर बिहान ६ बजेर १० मिनेट जाँदा पराकम्प गएको हो । यसअघि गएको शुक्रबार दिउँसो तीन बजेर २३ मिनेट जाँदा काभ्रे केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको केन्द्रले जनाएको छ ।
वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि त्यसको पराकम्प जानेक्रम अझै जारी रहेको छ । सानो सानो पराकम्प गएपनि आतिनु पर्ने अवस्था नभएको केन्द्रले जनाएको छ ।






