एकैपटक गुल्मीबाट ३० नयाँ शाखा अधिकृत

Gulmiकाठमाडौं- सरकारी सेवामा राम्रो प्रभाव राख्दै आएको गुल्मीले फेरि नयाँ रेकर्ड बनाएको छ ।

लोक सेवा आयोगले शुक्रबार सार्वजनिक गरेको शाखा अधिकृतको नतिजामा गुल्मी जिल्लाबाटमात्रै विभिन्न समूहमा ३० जनाले नाम निकाल्न सफल भएका हुन् । जिल्लाबाट प्रशासन/लेखा/राजस्वमा २५ जना, परराष्ट्रमा एक जना र न्याय सेवामा ४ जनाले नाम निकालेका हुन् । तीमध्ये प्रशासन/लेखा/राजस्वमा ७ जना महिला छन् । न्यायमा एक जना महिला छन् ।

अझ रोचक त जिल्लाको दरबारदेविस्थानमा एउटै वडाका २ सहित एकै गाविसका ४ जनाले नाम निकालेका छन् । सदरमुकाम रेसुङ्गा नगरपालिकाबाट तीन जना, भनभनेका तीन जना र धुर्कोट रजस्थल गाविसका दिदीभाइसहित तीन जनाले नाम निकाल्न सफल भएका हुन् ।

शाखा अधिकृत उत्तीर्ण हुनेहरु-

राजस्वतर्फ
मर्भुङ्ग १ का टंकमणि घिमिरे
छापहिले १ का गोपाल गिरी
हर्दिनेटा २ कि ईन्दु आत्रेय

लेखातर्फ
नयाँगाउँ ५ का मिनबहादुर घर्तिमगर
रेसुङ्गा नपाका सुरेन्द्र पाण्डे
दरबार देविस्थान २ कि गिता पोखरेल पन्थी
अमरपुर ३ का लक्ष्मी शर्मा
नेटा २ कि सरस्वती घिमिरे

सामान्य प्रशासनतर्फ
रेसुङ्गा १० का उद्धव पन्थी
दरबार देविस्थान २ का नारायण पन्थी
बलेटक्सार ३ का दामोदर ज्ञवाली
पूर्तिघाट ५ का तुलबहादुर काउचा
सिमिचौर २ का कृष्णप्रसाद ज्ञवाली
भनभने ५ का बाबुराम पौडेल
तुराङ्ग १ का राजन पराजुली
अर्खले २ का गोकर्ण खनाल
अस्लेवा ६ का मौसम श्रेष्ठ
धुर्कोट रजस्थल २ का प्रेमबहादुर खवास
धुर्कोट रजस्थल २ का चिरञ्जिवी भण्डारी
रेसुङ्गा २ का विक्रम थापा
दिगाम ६ का प्रकाश खनाल
दरबारदेविस्थान ७ का सुरेश पन्थी
दुविचौर ४ का सुजता खत्री
अर्जे २ का सावित्रा ज्ञवाली
ग्वादी ९ का गीता तिवारी

परराष्ट्रतर्फ
भनभने ५ का भुवन पौडेल

न्यायतर्फ
दरबार देविस्थान ५ का श्रीधर अर्याल
म्यालपोखरी २ का बाबुराम भट्टराई

न्यायतर्फ
भनभने ५ का गीता पन्थी

shrot: rato pati.com (bharat pandey)