काठमाडौं- तराई मधेसको बन्द, हड्ताल र भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि काठमाडौंको यातायात क्षेत्र अस्तव्यस्त भएको छ ।
सर्वसाधारण कष्टपूर्णरुपमा यात्रा गरिहेका छन् । एक त उसै भीड हुने काठमाडौंको सडकमा नाकाबन्दीले खुट्टा टेकिनसक्नु भएको छ । सर्वासधारण भित्र उभिएर र बाहिर छतमा जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
कष्ट र जोखिमपूर्ण यात्रा गरे पनि सर्वसाधारणले सरकारको विरोध गर्दैनन् । उनीहरुले भारतको मागविरुद्ध सरकार उभिएकाले समर्थन गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ अध्यक्ष दिनेश भण्डारीले इन्धन अभाव रहेको भए पनि व्यवयासीहरु राष्ट्रियता र स्वाभिमानका लागि जेनतेन यातायात सञ्चालन गरिरहेको बताएका छन् ।
हेरौं काठमाडौंको सोमबार बिहानको यातायात अवस्था-
















